कटहरी गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ । कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा कटहरी गाउँपालिकाको निर्माण वि.सं २०७४ सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । बिराटनगरबाट कालो पत्रे सडक (रंगेली रोड) कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन|दिन सहज भएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.