Katari Municipality Home / Directory
Katari Municipality
Government
Office Info
Address Not available
Email 2 ict.katarimun@gmail.com

कटारी नगरपालिका नेपालको कोशी प्रदेशको पश्चिम दक्षिण दिसामा अवस्थित छ । विश्वको उच्च शिखर सगरमाथा र हलेसी माहादेवको प्रवेशद्वार मानिने यस नगरपालिकाको पूर्व तिर उदयपुर जिल्लाको उदयपुरगढी गाँउपालिका र ताप्ली गाँउपालिका, पश्चिममा सिन्धुली जिल्लाको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुङ्गा जिल्लाको मानेभञ्जाङ्ग गाँउपालिका र खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका तथा दक्षिणमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सिरहा जिल्लाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र धनगडी नगरपलिका रहेको छ । यस नगरपालिका महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला बीच रहेकोले महाभारत श्रृङ्खला अन्तर्गत धारीला, विकट, डाँडाहरु बीच छरिएका र पातलिएका बस्तीहरु छन् । यस नगरपालिकालाई महाभारत फेदी देखि चुरे श्रृङ्खलाको बीचमा दुई वटा ठूला–ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस नगरपालिकालाई भित्री मदेशको रुपमा गणना गरिन्छ । २०७१ सालमा कटारी नगरपालिका घोषणा गर्दा कटारी गा.वि.स. र त्रिवेणी गा.वि.स. समावेश गरिएको थियो र २०७३ सालमा आएर रिस्कु गा.वि.स., सिरिसे गा.वि.स. लिम्पटार गा.वि.स. सोरुङ्गछविसे गा.वि.स. हर्देनी गा.वि.स., मयांखु गा.वि.स. र लेखानी गा.वि.स. समावेश गरिएको छ । यस कटारी नगरपालिको कुल क्षेत्रफल ४२४.९ वर्ग किलोमिटर र रहेको छ भने यस नगरलाई १४ वटा वडामा विभाजन गरिएको छ । उदयपुर जिल्लाको पश्चिम उपत्यका भित्र रहेको मदन भण्डारी सडक र सिद्धिचरण राजमार्गले छोएको यस नगरपालिकाको केन्द्र कटारी बजारमा रहेको छ । यस क्षेत्रको तापमान गर्मीमा ३५ देखि ४० डिग्री सेल्सियस सम्म पुग्छ भन्ने जाडो मौसममा २० देखि २५ डिग्री सेल्सियस सम्म पुग्दछ ।

 

यस नगरपालिकको प्रमुख जाती बाहुन, क्षेत्री, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, राई, गुरुङ्ग, बादी, दुलो, सार्की, तिल, सन्यासी, दशमी, मुसहर, कुत, भूर्ती, भुजुल, सुधी, हलुवाई, दास,चौधरी, साह, लिम्बु, ठकुरी, भुजेल, मल्लहा, हजाम, दनुवार, राजवंशी, राजपूत, थामी आदी मुख्य जातीको समुदाय रहेको छ ।

 

यहाँका मानिसहरुको आय आर्जनको मुख्य स्रोतको रुपमा खेतीपाति तथा पशुपालन व्यवसाय भएतापनि हाल नोकरी, व्यापार–व्यवसाय, साना तथा घरेलु उद्योग, सरकारी सेवाका साथै अन्य पेशामा संलग्न रहेका छन् । चुनढुँगाको खानी प्रचुर मात्रामा रहेको यस पालिकाका विभिन्न स्थानबाट चुनढुँगा सिमेण्ट उद्योगमा निर्यात भएबाट पनि यस क्षेत्रका मानिसहरु उद्योग व्यावसायमा संलग्न भएको प्रष्ट हुन्छ ।यस क्षेत्रमा धान, मकै, गहुँ प्रमुख खेती हो भने यस नगरपालिकाको पहाडी पूर्वी भेगमा आँप, कटहर, भुई कटहर तथा दक्षिण तर्फको पहाडी भेगमा अमिलो जातको फलफूल सुन्तला, कागती, ज्यामीर, जुनार, नास्पाती, निबुवा तथा अदुवाको व्यवसायीक खेती गरिन्छ ।

 

कटारी नगरपालिकाको महाभारत क्षेत्रमा रहेका विभिन्न वडाहरुमा चौकीभन्जाङ,  सिरिसे भञ्ज्याङ्ग, राउतखर्क, वेतिनी, गहुँबारी, चुलाथुम हुदै लेखानीको रमाइलो डाँडाहरुमा पर्यटकीय क्षेत्रहरु रहको छ । कटारी नगरपालिकाको वडा नं.११ को बेतिनीबाट तराईको समतल हरियाली फाँट देखि लिएर उत्तर तर्फको हिमाल र प्रकृतिक  दृश्यको अवलोकन गर्न सकिन्छ ।

 

यस नगरपालिका अन्तर्गत अस्पताल सहित स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाई, गाँउघर क्लिनिक र यस नगरबाट संचालित नगर स्वास्थ्य संचालनमा रहेको छ भने यस नगरपालिका अन्तरगत विभिन्न तहका विद्यालय र मानविकी संकायको क्याम्पस सञ्चालनमा रहेको छ र हाल यस पालिकामा वन विज्ञान संकायको स्नातक तहको पठनपाठन सुरु समेत गरेको छ । भौगोलीक तथा विविधताले भरिपूर्ण यस कटारी नगरपालिका उदयपुर जिल्लाकै सुन्दर र रमणिय छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.