Directory Home / Directory
Kathmandu District Savings and Credit Cooperative Union Ltd. (KASCCUN)
Chabahil, Kathmandu
Finance & Insurance
Office Info
Address Chabahil, Kathmandu
Website kasccun.com.np

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) काठमाडौं जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला विषयत संघ हो । २०५९ श्रावण १० गते ८ वटा तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर ज.ब.रा अध्यक्ष रहने गरी संघ दर्ता गर्न तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको हो । संघले स्थापना कालदेखि नै अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

काठमाडौं जिल्लाका ११ वटै स्थानिय तहमा संचालित बचत संचालित बचत ऋण सहकारी संस्थाहरु मार्फत २०८१ आषाढ मसान्त सम्म ८६६ संस्थाहरु मार्फत १ अर्व ४१ करोड भन्दा बढी पुँजी परिचालन गरी आफ्ना सदस्य संस्थाहरुको वित्तिय समाधानको लागि प्रयासरत रहेको छ । वित्तीय संघ हुनुको नाताले सदस्यहरुसंग वित्तीय तथा गैर वित्तीय सेवा (बचत तथा ऋणको कारोबार) प्रदान गर्दै आईरहेको छ । यसका साथै नीतिगत पहल कदमी, सदस्य संस्थाहरुको क्षमता विकास (नियमित तालिम /शिक्षा), विषयगत अन्तरक्रिया, केन्द्रीय संघसंगको साझेदारीमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम, रणनीतिक तथा वार्षिक योजना र नीति तथा कार्यविधि निर्माणमा प्राविधिक सहयोग गर्दै आईरहेको छ ।

१९औं वार्षिक साधारण सभाबाट २०७९ माघ २१ गते सम्पन्न संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन पश्चात उल्लेखित परिकल्पना र ध्येय तय गरि चालु आर्थिक वर्ष २०८०/०८१ देखि लागु हुने गरी ५ वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्व्यन भईरहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.