Directory Home / Directory
Khaniyabas Rural Municipality
khaniyabas-4 Dhakhan, Dhading
Government
Office Info
Address khaniyabas-4 Dhakhan, Dhading
Email 2 info@khaniyabasmun.gov.np

खनियाबास गाउँपालिकाको परिचय:-

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस खनियाबास गाउँपालिका साविकका तिनओटा गाउँ विकास समितिहरु क्रमश: दार्खा, झार्लाङ र सत्यदेवी मिलेर बनेको हो । यस गाउँपालिकाको पुर्बमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र  नुवाकोट जिल्ला अवस्थित छन् ।

यस गाउँपालिकाको केन्द्र वडा नं.०४ स्थित दार्खामा रहेको छ, जून जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ कि.मि. दुरीमा रहेको छ । खासगरि तामाङ समुदायको वाहुल्यता रहेको यस गाउँपालिकामा गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामि आदि जातजातिको समेत बसोबास रहेको पाईन्छ ।

भौगोलिक रुपमा अति दुर्गम तथा जटिल भू-बनोट भएता पनि यस गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेसी देखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरि कच्ची सडक निर्माण भईसकेको साथै गाउँपालिकाको अधिकांस वस्तीहरु पुग्ने गरि कच्ची सडकको समेत निर्माण भईसकेको छ । बर्खायाममा केहि समय बन्द हुने यस गाउँपालिकाका सडकहरु अधिकांस समय चालु अवस्थामा रहन्छन ।

कुल १२०.८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको ५.५२% भूभाग ओगटेको छ । २०६८ सालको जनगणना अनुसार १२,७४९ जनसंख्या रहेको यस गाउँपालिकामा २०७५ सालको घरधुरी सर्वेक्षण अनुसार १३,९२२ जनसंख्या पुगेको पाईन्छ । जसमध्ये २९०२ घरधुरी संख्या रहेको यस गाउँपालिकामा १५२ घरधुरी मात्रै गैर जनजाति रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.