नेपालको सुदूरपश्चिम प्रदेश स्थित के.आई.सिंह गाउँपालिका डोटी जिल्लामा रहेको छ । के.आई.सिंह गाउँपालिका साविकको दुर्गामाण्डौ, रानागाउँ, तिखात्तर, भुमिराजमाण्डौ र बासुदेवी गा.वि.स मिलेर बनेको हो र यस गाउँपालिमा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति: यो के.आई.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. हाल के.आई.सिंह गा.पा.०४, वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट करिब २१ कि.मि. दूरीमा स्थित रहेको छ । साल २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २०,७३६ रहेको छ । यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९% अनुमानित रहेको छ । प्रमुख चाडपर्व: स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तै स्थानीय स्तरमा मनाइने प्रमुख चाडपर्वहरु दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.