Kritipur Multipurpose Cooperative Society Limited Home / Directory
Kritipur Multipurpose Cooperative Society Limited
Nayabazar, Ward 09, Kirtipur MUN, Kathmandu, Bagmati
Finance & Insurance
Address Nayabazar, Ward 09, Kirtipur MUN, Kathmandu, Bagmati

२०४६ सालको प्रजातन्त्र पूर्नस्थापना हुनु अघि सहकारी अभियानले खासै गति लिन नसकिरहेको अवस्थामा कीर्तिपुर क्षेत्रमा सरकारी बैङ्कका सिमित शाखाहरु मात्र सञ्चालनमा थिए ।मानिसहरुमा बचत गर्ने प्रवृत्तिको साथसाथै कर्जा लिएर व्यवसाय वा अन्य आर्थिक क्रियाकलाप गर्ने सोचको कमी थियो । आर्थिक गतिविधिले मन्द गति लिइरहेको तत्कालिन अवस्थाको मुख्य कारण समाजमा आर्थिक सचेतना फैल्याउन नसक्नु र वित्तिय मध्यस्थकर्ताको कमी नै हो भन्ने कुरा यकिन गरेर ती समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप यस संस्थाको स्थापना गरिएको हो ।
तत्कालिन समयमा प्रमुख समस्याको रुपमा रहने गरेको वित्तिय मध्यस्तकर्ताहरुको संख्यात्मक अभावलाई पूरा गर्न र सहकारीताको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको लागि वि.स. २०५६ साल चैत्र ७ गते जम्मा १११ जना सदस्यहरु सम्मिलित भई यस सहकारी संस्थाको स्थापना भएको थियो ।
स्थापनाकालदेखि नै सदस्यहरुको संस्थाप्रतिको अटल विश्वास र सहभागिता, सञ्चालक समिति, लेखा समिति तथा सबै बिषयगत उपसमितिहरुको निस्वार्थ सेवा, कार्यप्रतिको जिम्मेवारीता तथा जवाफदेहिता, संस्थामा कार्यरत निष्ठावान कर्मचारीहरुको मेहनत, लगन तथा सरोकारवालाहरुको अमूल्य सरसल्लाह, सुझावहरुका कारण संस्थाले छोटो समयको अन्तरालमा उल्लेख्य सफलता पाई नेतृत्वदायी संस्थाको रुपमा उभिन सफल भएको छ ।
अर्थतन्त्रका बहुआयामिक क्षेत्रहरुमा लगानी गर्न तथा सेवा पु-याउने उद्देश्य अनुरुप स्थापनाकालिन नाम “कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.” लाई परिमार्जित गरी “कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.” को नाम राखी सोही नामबाट वि.सं. २०६४ श्रावण महिनादेखि सम्पूर्ण कारोवारहरु गर्दै आईरहेको छ । कारोवार तथा सदस्यहरुको वृद्धि संगै संस्थाले आफ्ना सम्पूर्ण कारोवारहरुलाई पूर्ण रुपमा Computerized गरी छिटो छरितो सुविधा दिदैँ आएको छ । संस्थाको आफ्नै ATM Booth सञ्चालनमा रहेको छ भने Kirtipur Smart Banking मार्फत Mobile Banking सेवा पनि सञ्चालनमा ल्याईसकेको छ । संस्थाले बचत तथा ऋण व्यवसाय लगायत खानेपानी व्यवसाय (कीर्तिपुर सहकारी खानेपानी उद्योग), व्यायाम सम्वन्धी व्यवसाय ( प्राइम फिट्नेस )मा पनि लगानी गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस संस्थाको कार्यक्षेत्र ५ वटा जिल्लाहरु (काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ्ग) मा कायम रहेको छ ।
समुदायमा आधारित यस सहकारी संस्थाले सहकारीको मूल्य मान्यता, सिद्धान्त, ऐन, नियम, कानून, साधारण सभा र सञ्चालक समितिका निर्णयहरु र प्रस्तावित पाँच वर्षे रणनितिक व्यवसायिक योजनाको भिजन, मिसन तथा रणनीतिहरुको अक्षरतः पालना गरी सधैँ समाज र समुदायलाई केन्द्रमा राखी आफ्ना सम्पूर्ण क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ ।

 


 

परिकल्पना(Vision)

“दीगो व्यवसायिक उत्कृष्ट सहकारी”

 


 

ध्येय(Mission)

“सहकारी सिद्धान्तको पालना गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरका लागि आधुनिक प्रविधिको माध्यमबाट बित्तीय तथा गैर बित्तीय सेवा प्रदान गरी बागमती प्रदेशकै अग्रणी सहकारी संस्था बनाउने”

 


 

उद्देश्यहरू(Objectives)

“संस्थालाई सहकारी ऐन सिद्धान्त, मूल्य, मान्यता र संस्थाको नियमलाई अनुशरण गरी सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरी संस्थालाई दीगो व्यवसायिक संस्था निमार्ण गर्न सक्षम नेतृत्व र योप्य एंव क्षमतावान ब्यवस्थापनको विकास गर्ने”

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.