Kumakh Rural Municipality Home / Directory
Kumakh Rural Municipality
Ragechaur-3, Kumakh RM, Salyan, Karnali
Bank / Finance / Insurance
Address Ragechaur-3, Kumakh RM, Salyan, Karnali
Gunaso 9857844801

नेपालको कर्णाली प्रदेशमा पर्ने कुमाख गाउँपालिका प्राकृतिक तथा धार्मिक एवं भौगोलिक बनावट र कृषि क्षेत्रले महत्त्वपूर्ण गाउँपालिका मानिन्छ । सल्यान जिल्लाको उत्तरी भागमा अवस्थित कुमाख गाउँपालिका साविकका कालागाउँ , वडागाउँ, जिमाली, मर्मपरिकाँडा र स्वीकोट गाउँ विकास समितिहरु समावेश गरी २०७३ सालमा गठन गरिएको हो।यस गाउँपालिका भाैगाेलिक अवस्थीत समुद् सतहबाट ४५०—२५३७ मि. उचाइमा रहेकाे छ भने २८° ४१’ ०३ उत्तर अक्षांश र २८° ५६’ ४३ पूर्वी देशान्तर सम्म फैलिएको छ | यस गाउँपालिकाको पूर्वमा सल्यान जिल्लाको दार्मा गाउँपालिका र बागचौर नगरपालिका, पश्चिमा बनगाड कुपिण्डे नगरपालिका, दक्षिणमा ढोरचौर गाउँपालिका तथा उत्तरमा रुकुम जिल्लाको चौरजहारी नजरपालिका र जाजरकोट जिल्लाको भेरी नगरपालिका पर्छ । यस गाउँपालिकाको जनसख्या कुल ३३,३४७ रहेको छ । यस गाउँपालिकाको कुल क्षेफलमा १७७‍.२७ वर्ग कि.मी रहेको छ । यस गाउँपालिकामा कुमाख जस्ता सल्यान जिल्लाकै उच्च डाँडाहरु पनि रहेक छन् । यस गाउँपालिकाको केन्द्र साविक मर्मपरिकाँडा गा.वि.स. को रागेचौरमा रहेको छ ।

 

साविक जिमाली गा.वि.स को दक्षिणमा अवस्थित प्रसिद्ध कुमाख लेकको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको पाइन्छ । सल्यान जिल्लाकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको सिद्धबाबाको मन्दिर तथा रहस्यमय सिद्धगुप यसै कुमाख लेखमा रहेकोले पनि यस स्थलको एतिहासिक तथा धार्मिक महत्व रहेको छ । यस कुमाख लेकको फेदीमा हरेक वर्षमा मंसिर शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । मेलामा प्रदर्शन हुने सोरठी,पैसेरी,स्यरिङगे र टप्पा जस्ता नाँचगानहरू हेर्न तथा सिद्धबाबाको मन्दिरमा पुजापाठ गर्न मानिसहरु टाढा टाढाबाट आउने गर्दछन । सो अवसरमा आफुले चिताएको पुरा हुने भाकल सहित सद्धबाबाको मन्दिरमा बोकाको बलि दिने धार्मिक परम्परा रहि आएको छ । यस गाउँपालिका मुख्य गरी क्षेत्री,ब्राम्हण,मगर,ठकुरी र दलित समुदायको बसोबास रहेको छ । हिन्दु धर्मालम्बीको बाहुल्यता रहेको यस गाउँपालिकामा सात प्रतिशत मानिसहरूको मातृभाषा नेपाली रहेको छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि रहेको छ । यहाँ खानेपानीको आशिक सुविधा रहेको छ । यस गाउँपालिकामा मर्म खोलाबाट अशिक सिचाइ सुविधा पुगेता पनि धेरै जसो भुभाग सिचाइ सुविधाबाट बञ्चित छ । यस गाउँपालिकाको उत्तरी सिमानामा भेरी नदी भए पनि त्यसलाइ उपयोग गर्न सकिएको छैन । यस गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएका छन् । विधुत सुविधाबाट भने पूरै गाउँपालिकाका बन्चित रहेका छ तर विधुत विस्तार भने निकै तिब्र गतिमा काम संचलना भएको छ । टेलिफोन सेवा भने सुधार भइ अलि व्यावस्थित बन्दै गएको छ ।

कुमाख गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.