Lalitpur District Federation of Saving & Credit Cooperative Ltd. Home / Directory
Lalitpur District Federation of Saving & Credit Cooperative Ltd.
Lagankhel-5
Finance & Insurance
Office Info

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सहकारी ऐन २०४८ बमोजिम मिति २०५० साल असोज ३ गते स्थापना भएको ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुकोे  जिल्ला स्तरिय छाता संगठन हो । यस संघमा ५२६ वटा प्रारम्भिक संस्थाहरु आवद्ध भैसकेका छन् । स्थापनाकाल देखि नै यस संघले सदस्य संस्थाहरुको विकास र प्रवर्धनका लागि विभिन्न प्रकारका सेवाहरु जस्तै तालिम, शिक्षा, गोष्ठि, अन्तरलगानी लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । ललितपुर जिल्लामा दर्ता भएका ५६९ बचत तथा ऋण सहकारी संस्थामध्ये हाल संघमा महिलाबाट सञ्चालित सहकारी संस्था ३९ र अन्य बचत तथा ऋण सहकारी संस्था ४८७ गरि कुल ५२६ बचत ऋण सहकारी संस्था संघमा आवद् भईसकेका छन् ।
ललितपुर जिल्लाका ग्रामिण तथा शहरी क्षेत्रका जनसमुदायहरुद्वारा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई संगठित गर्न तथा सहकारी सिद्धान्त अनुसार स–साना समुहमा सक्रिय भई नियमित रुपमा बचत संकलन गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले प्रचलित सहकारी ऐन २०४८ को दफा १२ ले लिएको अधिकार प्रयोग गरी तथा नियमावली २०४९ अनुसार प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी सिद्धान्त मूल्य मान्यता अनुरुप मार्गदर्शन दिई जिल्लामा बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी सिद्धान्त मूल्यमान्यता अनुरुप उपयुक्त मार्गदर्शन दिई जिल्लाका बचत तथा ऋण सहकारीको अभियानललाई समन्वयात्मक रुपमा संचालन गर्न तथा सदस्य संस्थाहरुको संस्थागत विकासमा सहयोग पुर्याउन २०५० असोज ३ गते ललितपुर जिल्लामा सञ्चालित ५ वटा वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको प्रारम्भिक भेलाले ललितपुर जिल्लामा सञ्चालित वचत तथा ऋण सहकारी संस्थाहरुलाई एउटै छातामुनी गोलबद्ध गर्न ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडकोे विधिवत दर्ता भएको थियो ।

 


 

परिकल्पना

सम्वृद्ध साकोस दिगो संघ

 


 

ध्येय

निरन्तर वहस पैरवी एवं गुणस्तरीय सेवा मार्फत सदस्यको संस्थागत विकास गर्ने

 


 

उद्देश्यहरु

१) आवद्व संस्थाहरुको क्षमता अभिवृद्वि

२) अन्तरलगानि विस्तार

३) संघको प्रवद्र्वन तथा विकास

४) समन्वय तथा पहलीकदम

५) संघको प्रभावकारी ब्यवस्थापन

६) अनुगमन गर्ने

७) शिक्षा तालिम सञ्चालन

८) संस्थाहरुको ब्यवसायिक तथा आर्थिक विकासका लागि वित्तिय सहयोग गर्ने ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.