Directory Home / Directory
Laljhadi Rural Municipality
Shankarpur, Kanchanpur
Government
Office Info
Address Shankarpur, Kanchanpur
Email 2 ito@laljhadimun.gov.np

नेपालको प्रदेश नं.७ अन्तर्गत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पूर्वि भेगमा अवस्थित यो गाउँपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९) वडाहरु, साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१,२,३,७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउँपालिका हो । यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउँपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउँपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउँपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउँपालिकाको नाम रहन गएको हो ।

 

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुपः
कञ्चनपुर जिल्लाको पुर्वि भेगमा अवस्थित १५४.६५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको लालझाडी गाउंपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउंपलिकाको पुर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफांटा र बेलौरी नगरपालिका , उत्तरमा शुक्लाफांटार कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.