Laxmi Secondary School Home / Directory
Laxmi Secondary School
Jagatpur-23, Bharatpur MC, Chitwan, Bagmati
Education & Training
Address Jagatpur-23, Bharatpur MC, Chitwan, Bagmati

बाग्मती प्रदेश अन्तरगतको भरतपुर महानगरपालिका २३, जगतपुर चिनवनमा अवस्थित हालको यस श्री लक्ष्मी माध्यमिक विद्यालय चितवनको सदरमुकाम भरतपुरबाट दक्षिण पश्चिम दिशामा भरतपुर–जगतपुर–माडी–ठोरी हुलाकी सडकको १९.२ कि.मी. दुरीमा पर्दछ । जगतपुर कसरा चोकबाट करीव ५०० मी. दुरीमा पार्वतीपुर जाने बाटोको केरुङ्गा खोलाको आडमा सटेर रहेको सुन्दर मनोरम र आकर्षक अवस्थामा छ । बि.संं २०२५ सालदेखि २०६५।०५।१५ सम्म क्रमश क्रमशः प्रा.वि., नि.मा.वि., मा.वि. र उच्च मा.वि. को रुप धारण गरेको छ । हाल यस विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म संचालित छन् । २ विगाहा ५ कट्ठा ७ धुर विद्यालयको नाममा दर्ता जमिनको क्षेत्रफल दक्षिण पश्चिम भू–भागमा अंग्रेजी अक्षर एल (ी) आकारमा पूरानो भवन अवस्थित छ । यस भवनको ठीक उत्तर पट्टि अंग्रेजी एल आकारको आठकोठाको पूरानो भवनलाई समेत सम्भार गरी उच्च मा.वि. को कार्यालय विज्ञान प्रयोगशाला, लाइब्रेरी र कक्षा सञ्चालन कक्ष गरी यस भवनको प्रयोगको औचित्यता सावित गराइएको छ । साथै यस प्रांगणको उत्तर–पूर्व भागमा प्राकृतिक प्रकोप तथा न्यूनिकरण शाखा गैंडाकोटको सहयोगमा बनाएको सभाहल रहेको छ । २०६६ सालमा यसै हलको माथि एक्म् नेपाल, आसा अनाथालय र विद्यालयको संयुक्त लगानीमा २ कोठे द्ययिअप तयार पारिएको छ । एक्म् नेपाल र शिक्षा कार्यालयबाट प्राप्त भवनको बीचमा एक कोठा माथि दुई भवनलाई जोड्ने भ¥याङ तयार पारिएको छ । यस भवनको पूर्वपट्टि शौचालय छ । पूरानो ी आकारको भवन र नयाँ उच्च मा.वि.को बीचमा क्रमशः कान्टिन (३ कोठे) शौचालय र पानी ट्यांकी छ । जिल्ला विकास समितिबाट प्राप्त ५,००,०००। (पाँच लाख रुपैया)बाट डिप बोरीङबाट शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यसरी विद्यालयको माथि उल्लेखित क्षेत्रफललाई सुरक्षित पार्नकाखातिर मेसजाली सहितको पर्खालले घेरीएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.