Directory Home / Directory
Livestock Service Training Center, Nepalgunj
Nepalgunj, Banke
Government
Office Info
Address Nepalgunj, Banke

तालिम केन्द्रको विगत र वर्तमानः विकासको समानुपातिक अवधारणा अनुसार सुदुरपश्चिम र मध्यपश्चिमका सबै जिल्लाहरुको बार्षिक स्वीकृत कार्यक्रम अनुसारका क्षेत्रीय स्तरका पशु सेवा सम्बन्धी तालिमहरु संचालन गर्ने उद्धेश्यले वि.सं. २०४४ सालमा क्षेत्रीय पशु सेवा तालिम केन्द्र, नेपालगंजको स्थापना भएको थियो । वि.सं. २०४९/०५० सम्म कृषि विकास विभाग र पशु सेवा विभाग एककिृत भएको अवस्थामा क्षेत्रीय पशु सेवा तालिम केन्द्र अन्तर्गत एउटा छाना मुनी रही तालीम कार्यक्रमहरु संचालन गरिएको थियो । पुनः वि.सं. २०५२ सालमा पशु सेवा विभाग र कृषि विकास छुट्टाछुट्टै अस्तित्वमा आए पछि कृषि तथा सहकारी मन्त्रालय, पशु सेवा विभाग, पशु सेवा तालमि तथा प्रसार निर्देशनालय अन्तर्गत पाँचै विकास क्षेत्रमा १-१ वटा क्षेत्रीय पशु सेवा तालिम केन्द्रको स्थापना गर्ने नीति अनुसार यस क्षेत्रमा २०५२ श्रावण १ गते देखि क्षेत्रीय पशु सेवा तालिम केन्द्र, नेपालगंजको स्थापना भएको थियो । हाल वि.स्. २०७५ साल श्रावण १ गते देखि प्रदेश सरकार लुम्विनी प्रदेश (प्रदेश नं. ५ ) अन्तर्गत रहने गरी क्षेत्रीय पशु सेवा तालिम केन्द्रको नाम र कार्यक्षेत्र परविर्तन गरी पशु सेवा तालिम केन्द्र नेपालगंजको स्थापना भएको छ ।

 

अवस्थिति

  • अवस्थितिः तालिम केन्द्रको अवस्थिति कार्यक्षेत्रः लुम्विनी प्रदेश (प्रदेश नं. ५ )मा पर्ने बांके जिल्लाको नेपालगंज उपमहानगरपालिका वार्ड नं. १३ बांके बगियामा अवस्थति छ । लुम्विनी प्रदेश (प्रदेश नं. ५ ) मा पर्ने १२ वटा जिल्लाहरु नै यो केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्दछन् ।

 

उद्देश्य

  • तालिममा सहभागीहरुको कार्यदक्षतामा अभिवृद्धी गर्ने । पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास सम्बन्धित नविनतम ज्ञान र सीपको बारेमा अवगत गराई कृषक समक्ष उक्त प्रविधि पुर्याउनमा जोड दिने । पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास क्षेत्रमा संचालित कार्यक्रमको लागि आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्धि गर्ने । कार्यालय संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्धि गर्ने । निर्वाहमुखी पशुपन्छीपालन र मत्स्यपालनलाई व्यवसायिकरण गर्न उत्प्रेरित गर्ने ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.