Lumbini Sanskritik Municipality Home / Directory
Lumbini Sanskritik Municipality
Mahilwar
Government
Office Info
Address Mahilwar
Phone 1 071-580305
Phone 2 071-580349

म्बिनी साँस्कृतिक नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । भौगोलिक हिसाबले ८३ डिग्री १३ मिनेट देखि ८३ डिग्री २० मिनेट पूर्वी देशान्तर र २७ डिग्री २३ मिनेट ४० सेकेण्ड देखि २७ डिग्री ३२ मिनेट ३० सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित लुम्बिनी साँस्कृतिक लुम्बिनी प्रदेशको एउटा प्रमुख पर्यटकिय क्षेत्र हो । सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लम्बिनी क्षेत्र यस नगरपालिका परिसरमा पर्ने भएकोले यस नगरपालिकाको नामकरण लुम्बिनी साँस्कृतिक नगरपालिका रहेको हो । करीब ११२.२१ वर्ग.कि.मी. क्षेत्रपफ्ल रहेको यस नगरपालिकाको उत्तरमा गैडहवा गाउँपालिका, पश्चिमतिर कपिलवस्तु जिल्ला, दक्षिणमा सम्मरीमाई गाउँपालिका र भारत र पूर्वमा कोटहीमाई र मायादेवी गाउँपालिका रहेका छन्। लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २०७१ बैसाख १५ गते नगरपालिका घोषणा गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका भगवानपुर, लुम्बिनी आदर्श, तेनुहवा, एकला, खुदाबगर, मधुवनी र मसिना गा.वि.स. समावेश गरी जम्मा १८ वडाहरु रहेका थिए भने मिति २०७२ पुष २१ गते साविकको आमा गा.वि.स. समावेश गरि जम्मा २१ वडा कायम गरेको थियो। पफ्रेी मिति २०७३ पफल्गुन २२ गते नेपाल सरकारको निर्णय अनुसार साविकका वडाहरु २१ वडाहरुलाई घटाएर १३ वडाहरु कायम गरिएको छ । यस नगरपालिकामा ११ वटा माध्यामिक तह, ५० वटा आधारभूत तह र अन्य १४४ गरी जम्मा १८५ वटा शिक्षण संस्थाहरु संचालित छन्। रुपन्देही जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा लुम्बिनी साँस्कृतिक नगरपालिका रहेको छ । यसका अतिरीत्तफ् सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन्। यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्नेव्यत्तिफ्हरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कुल जनसंख्या ८७,३८३ रहेका छन् जस मध्ये सबैभन्दा बढी मुसलमान जाति २९,४६१ जना (३३.७ %), दोस्रोमा यादव ११,६४८ (१३.३%) र तेस्रोमा लोध ७०९५ (८.१%) हरुको बसोबास रहेको छ । यस नगरपालिकामा १३ वडाहरु रहेका छन्। औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भनेस्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन्। स्थानीय जनशत्तिफ् रोजगारी तथा अध्ययनका लागि विदेशिने त्रफ्म अत्याधिक बढिरहेको छ । यस नगरमा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था केहि मात्रामा रहेका छन्। अध्ययनका लागि यस नगरका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन्। अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन्। लोमो समय सम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यत्रफ्म कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, त्रिफ्ष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.