संघियता कार्यान्वयन संगै नवलपरासी (व.सु.पु.)जिल्ला स्थापना सगै साविकको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालको रुपमा रहेको अस्पताललाई नै हालको मध्यविन्दु जिल्ला अस्पतालको रुपमा मिति २०७५ फाल्गुन २८ गते प्रदेश सरकारवाट विधिवत रुपमा उदघाटन भई संचालनमा आएको हो । हाल यस अस्पताल स्तर उन्नति भई ५० सैया अस्पतालको रुपमा संचालनको क्रममा रहेको छ । कोभिड –१९को महामारीको समयमा कोभिडका विरामीहरुको लागि ४० सैया र अन्य विरामीहरुको लागि २८ शैया गरी ६८ शैया सम्म संचालनमा ल्याईएको थियो ।
यस अस्पतालले करीव १०.४९ हेक्टर जमिन उपभोग गरेको जस मध्ये २.५ हेक्टर जमिन पूर्ण स्वामित्वमा रहेको र वाँकी जमिन भोकाधिकारको प्रकृयामा रहेको छ । यस अस्पतालको स्थापनाको ईतिहास केलाउदा हाल रहेको अस्पतालको शुरुवात यस क्षेत्रका समाजसेवीहरुको चन्दा सहयोग तथा पुराण वाचक पण्डित श्री दिनवन्दु पोख्रेल ज्यूको प्रमुख वाचककत्वमा मिति २०६३ पौष ०६ गते देखि १३ गते सम्म भव्य महायज्ञको आयोजना भई अर्थ संकलन भएको वजेटवाट २०६४ मंसिर २९ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शशी श्रेष्ठवाट उद्घाटन गरी अस्पतालको विधिवत रुपमा सेवा सरुवात भएको पाईन्छ । यसरी अस्पताल संचालन हुदै जाँदा समुदायको चाहना र नयाँ जिल्लामा जिल्ला अस्पताल नभएको र सवैको पायक पर्ने र उपयुक्त स्थान भएको कारणले पनि यस सामूदायिक अस्पताललाई सरकारले स्वामित्व र जिम्वेवारी ग्रहण गरेर नै प्रदेशको सरकारी अस्पतालको रुपमा संचालन भएको हो ।
अस्पतालको वर्तमान अवस्था ः १५ सैयाको जिल्ला अस्पतालको रुपमा स्थापना भएको अस्पताल हाल ५० सैयाको अस्पतालमा रुपान्तर हुने क्रममा रहेको हाल सैयाको व्यवस्थापन भई सकेको र जनशक्ति र प्रसासनिक तथा आर्थिक पक्षको विकास व्ष्वस्थापन पछि पूर्ण रुपमा अस्पतालले ५० सैयाकै सेवा दिन सक्षम हुनेछ गत आ.व.वाट अस्पतालमा विशेष सहितको अप्रेशन सेवा,दन्त उपचार सेवा,आँखा उपचार सेवा, पि.सि.आर. प्रयोगशाला सेवा,कल्चर सेवा,भेन्टिलेटर सहितको आई सि.यू सेवा थप भएका छन भने यस आ.व.वाट ओ.सि. एम.सि सेवा, डायलाईसिस सेवा,जेरियाट्रिक वार्ड ,पेडियाट्रिक वार्ड,विस्तारित स्वास्थ्य सेवा आदि सेवा संचानलको तयारीमा रहेका छन । साथै आगामी वर्षमा ट्रमा सेन्टर,आयुर्वेद अस्पतालका सेवा समेत थप गरी सेवा विस्तार गर्ने गरी काम अगाडि वढाईएको छ । सम्पूर्ण सेवा विस्तारमा अस्पतालको निमार्णाधिन भवन सम्पन्न नहुनु, विज्ञ तथा न्यूनतम जनशक्तिको अभाव हुनु आदि चुनौतिका रुपमा रहेका छन ।
Showing the latest 12 of 16 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.