Directory Home / Directory
Madi Municipality
Basantapur, Chitawan
Government
Office Info
Address Basantapur, Chitawan

चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । पूर्ब, पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् । माडब्य ऋषिले यस भूमीमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती छ भने यहाँका आदीबासी थारुहरुले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउदा माडी नाम रहेको आदीबासी थारुजातका बुढापाका र बुद्धिजिबीहरुको कथन रहेको छ । तत्कालीन गर्दी,बघौडा,कल्याणपुर र अयोध्यापुरी गा.बि.स.रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन भएको हो । यस नगरपालिकाको वडानं. १,२,३,४,५ र ६ मा मुख्य थारुबस्ती रहेको भएता पनि अन्य जातजातिहरुमा, ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, तामाङ, बिश्वकर्मा, परियार, बोटे, दराई, राई, चेपाङ, गन्धर्ब, मधेसी, मुस्लिम लगायतका जातजातिको बसोबास रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.