Maha Kulung Rural Municipality Home / Directory
Maha Kulung Rural Municipality
Government
Address Not available
Email 2 info@mahakulungmun.gov.np

माहाकुलुङ गाउँपालिका नेपालका ७५३ स्थानीय तहमध्ये एक हो । यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन् बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापीक, सिलुछो डाँडा, केन्पा डाँडाको तीन तिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७' देखि २७‌.६२' उत्तरी अक्षांश र ८६.५०' देखि ८६.८४' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार ११,८४७ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ । २७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.