नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने १२ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम महेशपुर भन्सार कार्यालयको नामले संचालित यस कार्यालय विगतमा भैरहवा भन्सार कार्यालय अन्तर्गतको छोटी भन्सारको रुपमा संचालित हुँदै आएकोमा आ.व. २०७५/०७६ देखि मूल भन्सारको रुपमा स्थापना भई २०७५ आश्विन ७ गते माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूबाट उद्घाटन भएको हो । यस कार्यालय नवलपरासी जिल्ला बर्दाघाट सुस्ता पश्चिमको सदरमुकाम परासी बजारबाट १३ किलोमिटर दक्षिणतर्फ अवस्थित छ ।
© 2026 Suchanaa. All Rights Reserved.