मनराशिस्वा नगरपालिका मधेश प्रदेश अन्तरगत महोत्तरी जिल्लामा पर्दछ । यस जिल्लामा रहेको १० वटा नगरपालिका र ५ वटा गाउँपालिका मध्ये यो पनि एउटा स्थानीय तह रहेको छ । साबिकको गा.बि.स. हरु क्रमशः शिसवा कटैया, बथनाहा,साढाँ, सरपल्लो,मनरा, ईटहर्वा कटी र सोनैल समेत गरि ७ वटा गा.बि.स. हरु समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । यो नगरपालिका महोत्तरी जिल्लाको सदर मुकाम जलेश्वर देखि १२ किलो मिटर पश्चिम दक्षिणमा रहेको यो नगरपालिकामा जम्मा ८५४१ घरपरिवार अवस्थित रहेको छ । महोत्तरी जिल्लाको कुल क्षेत्तफल १००२ वर्ग किलो मिटर मध्ये यस नगरको कुल क्षेत्रफल ४९.७८ ब.कि.मी. रहेको छ अर्थात ४९७८ हेक्टर (७४६७ बिघा) रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.