Directory Home / Directory
Manebhanjyang Rural Municipality
Okhaldhunga
Government
Office Info

संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७५३ वटा स्थानिय तहको गठन भएको छ । जसमा कोशी प्रदेश ओखलढुङगा जिल्लामा ८ स्थानिय तह छन । जिल्लामा १ नगरपालिका र सात गाउँपालिका मध्ये मानेभन्ज्याङ गाउँपालिका एक हो । समुन्द्री सहत देखि लगभग १५२० मि उचाईमा अवस्थित यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नं. ५ मा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १९ हजार ५ सय सन्तानब्बे जना कुल जनसंख्याको ४७.९% पुरूष र ५२.१% महिला रहेको पाईन्छ । यस गाउँपालिकामा मुख्यतः राई, मगर, तामाङ, क्षेत्री, बाहुन, नेवार, भुजेल, माझी, कामी, दमाई, सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा बिभाजित यस गाउँपालिकामा  कुल ४ हजार ७ सय ८५ घरसंख्या रहेका छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.