वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ । यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।
© 2025 Suchanaa. All Rights Reserved.