नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो । यो गाउँपालिका साविकका ७ वटा गा.वि.स (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) मिलेर बनेको हो जसमा वडाहरु (वडा नं. १ः घनपोखरा (२–४,९), वडा नं. २ःघनपोखरा(१,५,६–८), वडा नं. ३ः खुदी(१–९), वडा नं. ४ःताघ्रिङ(१–९), वडा नं. ५ः घेर्मु(१–९), वडा नं. ६ः बाहुनडाँडा(१–९), वडा नं. ७ः भुलभुले(५–९), वडा नं. ८ः भुलभुले(१–४), वडा नं. ९ःसिम्पानी(१–९) । यसको क्षेत्रफल ५९७.२५ वर्ग कि.मि. छ । यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका, दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको नासोङ गाउँपालिका रहेको छ । घनपोखरा, हनीहन्टीङ् थाम्रोयु, सिउरुंग होम स्टे, विर भक्ती थापा पार्क, स्यागे झरना, जगत तातोपानी कुण्ड, रक गार्डेन, चिप्ला क्यानोनिङ्, बाहुनडाँडा तातोपानी कुण्ड, राष्ट्रकवी माधव प्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा.हर्क गुरुङ् समाधी स्थल, सुरुङ्मार्ग,भुस्मे तामाङ् होम स्टे, गाईखुरेश्वर महादेव,सिद्ध कोटकालीका पर्यटकिय केन्द्र समेटिएको यस पालिका को जनसंख्या करिब २३३८६ जना रहेको छ जसमा ४५९३ घरधुरि छन् । ९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.