विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
यस गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिका, उत्तरतर्फ सियारी र शुद्धोधन गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत रहेको छ । यस गाउँपालिकालाई ८ वडामा विभक्त गरी प्रशासनिक विभाजन गरिएको छ । उत्तरबाट बग्ने तिनाउ र दानव नदीसँग प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक मनोरमता एवम् कृषि क्षेत्रले हराभारा भई यो गाउँपालिका सजिएको छ । ९,९९० घर परिवार बसोबास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या २०७८ को जनगणना अनुसार ५६,१७० रहेको साथै जनसंख्या वृद्धीदर १.८७ प्रतिशत र परिवारको औसत आकार ५.६२ प्रतिशत रहेको छ । त्यसै गरी जनघनत्व ७७५ जना प्रति वर्ग कि.मी रहेको पाईन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.