Melauli Municipality Home / Directory
Melauli Municipality
Melauni, Baitadi
Finance & Insurance
Office Info
Address Melauni, Baitadi
Email 2 melaulimunicipality2073@gmail.com
Email 3 ito.melaulimun@gmail.com

नेपाल सरकारको मिति २०७३ फागुुन २२ गतेको निर्णय अनुसार प्रारम्भमा साविकका मेलौली, महारुद्र, बिशालपुर, दुर्गास्थान (१,२,३,८ र ९ वडाहरु), सलेना, शिवनाथ(६,७, ८ र ९ वडाहरु), रोडिदेवल(४,५,६ र ७ वडाहरु),  गा.वि.स.हरु समाबेस  गरी मेलौली नगरपालिका घोषणा भएको थियो । नेपालको संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन  २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार मेलौली नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । नेपालको संविधान २०७२ अनुसार सुदूरपश्चिम प्रदेश  अन्तर्गत पर्ने यो नगर बैतडी जिल्ला का ४ वटा नगरपालिका सहित चौथो नगरपालिका हो । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस नगरपालिकामा ४५३६ घरपरिवार वसोवास गर्दछन् । नगरपालिकाको को कुल जनसंख्या २०६५८ रहेको छ । जसमा पुरुषको संख्या ९५०१ र महिलाको जनसंख्या १११५७  रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.