Directory Home / Directory
Mellekh Rural Municipality
Bindhebasini, Achham
Government
Office Info
Address Bindhebasini, Achham
Email 2 mellekhgaupalika@gmail.com

ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । यस विगतः जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । उक्त केन्द्र रहेको वडाका बारेमा विस्तृत हालको ५ नं. वडा विवरणमा उल्लेख छ । यस गाउँपालिकामा जम्मा ८ वडा रहेका छन् । यि ८ वटा वडाहरुको वर्तमानमा एकताको आधार विगतको पन्ध्र बीसलाई लिने गरिन्छ । यसको पूर्वमा रामाराशोन गाँउपालिका, पश्चिममा, साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका यसका भौगोलिक सिमानाहरु हुन । हाल मेल्लेख गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १६९८ मिटरको उचाईमा रहेको छ ।


नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्र बीस दरामा विभाजन गरीएको थियो । अछाम जिल्ला १३ वटा ईलाकाहरुमा विभाजित थियो ।  हालको मेल्लेख यि सबै गाउँपञ्चायतको मध्य भागमा रहेको छ । दैनिक प्रशासनिक कामहरु नभएता पनि कुरा गर्ने, भेटघाट गर्ने थलोको रुपमा विकास हुदै केन्द्र भागमा रहेको हुदा तत्कालिन समयमा ईलाका सदरमुकामका रुपमा विकास गरिएको मानिन्छ । 

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.