नेपालको संविधानले परिकल्पना गरेअनुरुपका तीन तहका राज्य संरचना मध्ये प्रदेश तहको सुदूरपश्चिम प्रदेशमा पर्ने सामाजिक विकास मन्त्रालय सामाजिक क्षेत्रसंग प्रत्यक्ष एवम परोक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय हो । नेपालको संविधानको धारा १६८ मा रहेको प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था अनुरुप प्रदेश मन्त्रिहरुका कामकारवाही संचालन गर्न मन्त्रालय गठन हुने क्रममा मिति 2074/10/28 गते यो मन्त्रालय स्थापना भई निरन्तर संचालनमा रहेको छ । यस मन्त्रालयको उद्देश्य प्रदेश भरीका नागरिकहरुको जीवनस्तर सुधार्न, समावेशी समाज निर्माण गर्न र सामाजिक न्याय सुनिश्चित गर्न विभिन्न योजनाहरु र कार्यक्रमहरुको कार्यान्वयन गर्नु हो ।
यस मन्त्रालयका मुख्य क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, महिला र बालबालिका कल्याण, सामाजिक सुरक्षा, युवा र खेलकुद, श्रम र रोजगार, साथै भाषा, संस्कृति, साहित्य, ललितकला र पुरातत्व समेटिएका छन्। यी सबै क्षेत्रहरूमा यो मन्त्रालयले समग्र विकासका लागि रणनीतिहरू तयार गरी काम गर्दछ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका हरेक क्षेत्र र समुदायसँग समन्वय गरी गरीव, दलित, महिला, बालबालिका र अन्य सामाजिक रूपमा पिछडिएका समूहहरूको लागि सेवा र अवसरहरू पुर्याउने काममा प्राथमिकता दिन्छ। यसका साथै, युवा उत्प्रेरणा, खेलकुदको प्रवर्द्धन, र सांस्कृतिक धरोहरको संरक्षणजस्ता अन्य क्षेत्रहरूमा पनि यसले महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
Other ministries under Sudurpashchim Province
© 2025 Suchanaa. All Rights Reserved.