Musikot Municipality Home / Directory
Musikot Municipality
Banitaksar
Government
Office Info
Address Banitaksar
Email 2 info@musikotmungulmi.gov.np

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत गुल्मी जिल्लामा रहेको छ | मुसिकाेट नगरपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा  स्वायत्त  क्षेत्रको संख्या तथा सीमाना  निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित  समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाैदिअमराइ,मुसिकाेट,बडागाउँ,आँपचाैर,कुर्घा,वामी,अर्लाङ्गकाेट गरि ७ वटा गा.वि.स. र नेटा गा. वि. स का १, २,३ र ४ वडा  समावेश गरी  भएको हो | याे नगरपालिका गुल्मी जिल्लाका १२ स्थानिय तहमध्ये सबैभन्दा धेरै जनसंख्या भएकाे नगरपालिका हाे ।यस नगरपालिकामा पवित्र मालिका मन्दिर,पर्यटकिय शिखरमा अवस्थित सालिमेधाम,एेतिहासिक मुसिकाेट दरबार,नेपालमा कफि खेतिकाे जननी आँपचाैर जस्ता राष्टिय गाैरवका ठाउँहरू रहेका छन् ।

 

मध्येपहाडी लाेकमार्गकाे समीपमा कुल ११४.७४ वर्ग  कि.मी. क्षेत्रफलमा फैलिएकाे छ ।९ वटा वडाहरूमा  विभाजित यस नगरपालिकाकाे कूल जनसंख्या २०७८ काे जनगणना अनुसार २८,४५४ रहेकाे छ । यसकाे सिमाना पूर्वमा चन्द्रकाेट गाउँपालिका,पश्चिममा इस्मा गाउँपालिका,उत्तरमा बाग्लुङ्ग जिल्ला र दक्षिणमा रेसुङ्गा नगरपालिका रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.