Naubahini Rural Municipality Home / Directory
Naubahini Rural Municipality
Lung Bahane, Pyuthan
Education & Training
Office Info
Address Lung Bahane, Pyuthan

नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ । यसको स्थापना २०७३ फाल्गुन २२ नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयअनुसार भएको हो । २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,६८२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १७,६४९ (५४.०१ प्रतिशत) र पुरुषको जनसंख्या १५,०३३ (४५.९९ प्रतिशत) रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।

 

तथ्याङ्क अनुसार सबैभन्दा बढी मगर जाति १४,६४० जना (४४.८%), दोस्रोमा क्षेत्री६,६५४ (२०.४%) र कामी ५,८९४(१८.३१%) हरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतव्यापार, साना घरेलु उद्योग, सेवामुलक व्यवसाय नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् । विगतमा स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन ।गाउँपालिकाको शैक्षिक विकास हेर्दा यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शिक्षण संस्थाहरु रहेका छन् जसमा सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि, ७ वटा नि.मा.वि र २६ वटा प्रा.वि गरी जम्मा ४२ वटा शिक्षण संस्थाहरु संचालित छन् । यस गाउँपालिकामा आधारभूत देखि माध्यामिक शिक्षा सम्म प्रदान गर्नेविद्यालयहरु रहेका छन् भने उच्च शिक्षाको लागि स्थानीय विद्यार्थीहरु नजिकका नगरपालिका तथा जिल्ला बाहिर निर्भर हुनुपरेको देखिन्छ ।तसर्थ उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा विकासको लागि नयाँ शिक्षा योजना ल्याउनुपर्ने देखिन्छ ।विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।जस्तै दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ ।

 

भौगोलिक अवस्थिति

नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ ।प्यूठान जिल्लामा अवस्थित२१३.४१वर्ग कि.मि. क्षेत्रफल रहेको यस नौबहिनी गाउँपालिका समुद्र सतहबाट न्यूनतम ८७४ मिटरदेखि अधिकतम ३६०६ मिटरसम्मको उचाइमा रहेको छ ।२१३.४१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा गौमुखी र झिमरुक गाउँपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा रोल्पा र बाग्लुङ्ग जिल्ला र दक्षिणमा प्यूठान नगरपालिका र झिमरुक गाउँपालिका पर्दछन् ।यस गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगलले ओगटेको छ । जंगल तथा जलाधार क्षेत्रको कमी नभएको यस गाउँपालिका भएर परिसरमा सानाठूला खोला तथा नदीहरुबग्ने गर्दछन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.