Directory Home / Directory
Navadurga Rural Municipality
Manilek, Dadeldhura
Government
Office Info
Address Manilek, Dadeldhura
Phone
Not available
Email 2 info@navadurgamun.gov

नवदुर्गा गाउँपालिका देशकाे सुदूर पश्चिमी भुभाग अन्तरगत सुदूर पश्चिम प्रदेशकाे डडेल्धुरा जिल्लाकाे पुर्वी भागमा अवस्थीत रहेकाे छ । साविकका काेटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेकाे याे गाउँपालिकाकाे नामाकरण साविककाे नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीकाे नाम वाट गरिएकाे छ । पुर्वमा डाेटी जिल्ला पश्चिममा अमरगढी न.पा. उत्तरमा वैतडी जिल्ला तथा दक्षिणमा अमरगढी न.पा. काे वीचमा रहेकाे नवदुर्गा गा.पा.काे जम्मा क्षेत्रफल १४१.८९ वर्ग कि.मि.तथा जनसंख्या १८६७२ (पुरुष ८१९६ र महिला १०४७६), परिवार संख्या ४३१८ र साक्षरता प्रतिशत ७२.१४ रहेको छ । यस गाउँपालिकाकाे स्थायी केन्द्र वा.नं. १,२,३,४र ५ काे संगमकाे रूपमा रहेकाे वान्चाेरा भन्ने ठाउँमा नवदुर्गा गा.पा. काे स्थायी सदरमुकाम रहेको छ । प्राय जसाे समसिताेष्ण हावापानी रहेकाे नवदुर्गा गा.पा. का वासिन्दाहरू काे प्रमुख पेशा कृषि रहेकाे छ । पर्याप्त वन जंगल र प्राकृतिक साधन श्राेतकाे धनी यस गाउँपालिकामा नवदुर्गा मन्दिर , विजयाशैनी मन्दिर ,मष्ठा भगवती क्षेत्र, गाैडेश्वर क्षेत्र, मणिलेक मन्दिर क्षेत्र जस्ता धार्मिक पर्यटकीय स्थानहरू का अतिरित्त विभिन्न देवल तथा ऐतिहासिक स्थलहरू पनि रहेका छन । 

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.