Nepal Ban Nigam Limited Home / Directory
Nepal Ban Nigam Limited
Babarmahal, Kathmandu
Environment & Sustainability
Office Info
Address Babarmahal, Kathmandu
Website nbnl.gov.np

नेपाल वन निगम लिमिटेड नेपाल सरकारको पूर्ण स्वामित्व भएको (क ) श्रेणीको कम्पनी हो । यो कम्पनी पूर्व द टिम्बर  कर्पोरेसन अफ नेपाल (कम्पनी ऐन अनुसार २०१७ मा स्थापित ) लाई पुजी वृद्धि गरि नेपाल वन पैदावार विकास समितिलाई समेत समाबेश गरि कम्पनी ऐन, २०६३ अनुसार विस्तार गरिएको रुप हो । आफ्नो स्थापना भन्दा पहिले २०११ साल देखि नै टि.सि.एन.ले परियोजनाको रुपमा समेत काम गरेको थियो । वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थित रुपमा कटान संकलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने यसको मुख्य कार्य हो र यस कार्यमा विगतको ५० वर्ष भन्दा लामो अनुभव यस संस्थाको रहेको छ । लामो अनुभव रहेका कर्मचारी, प्रदेशस्तर देखि केन्द्र सम्मको सांगठनिक संरचना र कार्य संचालनको लागि भौतिक पूर्वाधार र स्रोत साधन, संस्थाप्रतिको नागरीक विश्वासका साथै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, उद्योग विभाग, राष्ट्रिय वाणिज्य बैंक जस्ता निकायहरु शेयर होल्डरको रुपमा रहनु र अधिकृत पूँजी ५० करोड रहेको र “क” श्रेणीको संस्थाको रुपमा कार्यरत रहनु निगमको सवल पक्ष हो । साविक द टिम्बर कर्पोरेशन अफ नेपालको स्थापना २०१७ साल कार्तिक २५ गतेका दिन तत्कालिन कम्पनी ऐन अन्तरगत  तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल औद्योगिक विकास निगम शेयर होल्डर रहेको सरकारको पूर्ण स्वामित्वमा भएको हो । बि.सं. २०११ सालमा हेटौंडामा सःमील परियोजनाको रुपमा स्थापित भई यस कर्पोरेसनले स्थापना कालदेखि हालसम्म पूर्ण सरकारी स्वामित्वमा रहि वनजंगलमा ढला पडा र खेर जाने काठ, दाउरा एवं सरकारको बिशेष निर्णय अनुसारका वन क्षेत्रबाट काठ दाउरा कटान चिरान गरी शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सर्वसुलभ तरिकाबाट सुपथ मूल्यमा बिक्री बितरणको कार्य गर्दै आइरहेको छ । राष्ट्रिय वन जंगलबाट काठ, दाउरा संकलन गरी बिक्री बितरण गर्ने निकायको रुपमा एउटै संस्था राख्ने उद्देश्यले मिति २०४५।१२।१ को निर्णयबाट समान प्रकृतिका कार्य गर्ने इन्धन संस्थान र वन पैदावार विकास समितिको बिक्रीसंग सम्बन्धित कार्यलाई टि.सि.एन.ले गर्नेगरि यसलाई ‘क’ वर्गको कर्पोरेसनमा स्थापित गरि सञ्चालन हुंदै आएको छ । यसको अधिकृत पूजीं रु. ५० करोड रहेको छ । २०१७ सालदेखि २०४४ पौषसम्म यस कर्पोरेसन वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगत थियो, त्यसपछि आपूर्ति मन्त्रालय अन्तरगत राखियो भने २०५६ आश्विन २६ गतेको निर्णयबाट पुनः तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगत रही हालसम्म कार्य गर्दै आइरहेकोमा नेपाल सरकार मन्त्रीपरिषद मिति २०७६/०२/२३ को निर्णयानुसार साविक टि.सि.एन र वन पैदावार विकास समितिलाइ एक आपसमा गाभी नेपाल वन निगम लिमिटेड स्थापना गरी कार्य गर्दै आइरहेको छ ।

 


 

लक्ष्य

  • वन ब्यवस्थापनबाट प्राप्त हुने काठ, दाउरा र काठजन्य वन पैदावारको व्यवस्थित संकलन, सदुपयोग र बिक्री बितरण गरी दिगो वन विकास र गरिवी न्यूनिकरणमा टेवा पुयाउने ।

 


 

कार्यक्षेत्र

कर्पोरेसनले तराई, भित्री मधेश तथा पहाडी क्षेत्रका ३४ जिल्लाहरु इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुं, कास्की, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखांची, दाङ्ग, बांके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, काठमाण्डौ, ललितपुर, भक्तपुर मा कार्य क्षेत्र रहेको छ

Branches

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.