Nepal Sanskrit University Home / Directory
Nepal Sanskrit University
Beljhundi
Education & Training
Office Info

नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले बेलझुन्डी दाङमा २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । संस्कृत विश्वविद्यालयको स्थापनामा संस्कृत शिक्षाको संरक्षण तथा उन्नयनका लागि दाङ जिल्लासहित देशका विभिन्न स्थानका संस्कृत शिक्षाप्रेमीहरूको उल्लेख्य योगदान रहेको छ । त्यसका लागि २०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैयाँ परिवारबाट दाङको देउखुरी उपत्यकामा १२०० (बाह्र सय) बिगाहा भूमिदान गरी यस विश्वविद्यालयको पृष्ठभूमि तयार गरिएको हो । त्यसैको फलस्वरूप २०११ सालमा दाङस्थित बिजौरीमा जनता महाविद्यालयको स्थापना भयो र २०२४ सालमा सोही स्थानमा अन्तर्राष्ट्रियस्तरको विद्वत्सम्मेलन सम्पन्न भयो । सोही पृष्ठभूमिमा २०२६ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय स्थापना गर्ने घोषणा गरियो । योगी नरहरिनाथको नेतृत्वमा स्थानीय शिक्षाप्रेमी तथा अन्य संस्कृत अनुरागी व्यक्तिहरूबाट दानस्वरूप ३२६ बिगाहा जग्गा सङ्कलन गरियो र २०३१ सालमा दाङको बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डीनको कार्यालयको स्थापना भयो । यसरी नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाको आधारभूमि निर्माण भएको हो । २०४३ सालमा ऐन बनी तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा यसको नाम परिवर्तन भई नेपाल संस्कृत विश्वविद्यालय रहन गयो ।

 

नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका उद्देश्यहरू

  • नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन–पाठन गराई दक्षजनशक्ति उत्पादन गर्ने,
  • संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’जस्ता उदात्त भावना प्रवाहित गराउने,
  • नेपालमा अति प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको गौरवमय परम्परालाई निरन्तरता दिई संस्कृत शिक्षामार्फत् आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने,
  • सामाजिक आश्यकताअनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञान–विज्ञानका पक्षहरूलाई उजागर गर्ने,
  • प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्य–मान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने,
  • विश्वविद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रका रुपमा विकसित गर्ने ।

 

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङ जिल्लाको बेलझुण्डीमा रहेको छ । केन्द्रीय कार्यालय परिसरमा उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, कुलसचिवको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, अनुसन्धान केन्द्र, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, सेवा आयोगको कार्यालय, केन्द्रीय पुस्तकालय र आयुर्वेद अध्ययन संस्थान डीनको कार्यालय रहेका छन् । केन्द्रीय कार्यालय रहेको स्थानको वरिपरि जम्मा ३ सय २६ बिगाहा जग्गा रहेको छ । यस कार्यालय परिसरमा रहेको जग्गामा आँप, बेल, रुद्राक्षलगायतका विभिन्न जातका रुख बिरुवा लगाइएको छ । यसै कार्यालयबाट नेपाल संस्कृत विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरू सञ्चालित छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.