Directory Home / Directory
Nepal Telecommunication Authority
Jamal, Kathmandu
Technology & Electronics
Office Info
Address Jamal, Kathmandu
Website www.nta.gov.np
Fax 01-5355250
Post Box 9754

नेपाल दूरसञ्‍चार प्राधिकरण दूरसञ्‍चार क्षेत्रको नियामक संस्था हो। यो दूरसञ्‍चार ऐन २०५३ तथा  दूरसञ्‍चार नियमावली २०५४ को प्रावधान अनुरुप २०५३ फागुनमा गठित एक स्वतन्त्र संस्था हो। निजि क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरि दूरसञ्‍चार सेवाको विकास, विस्तार तथा सञ्‍चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पधात्मक वातावरणको सिर्जना गर्नु नेपाल दूरसञ्‍चार प्राधिकरणको प्रमुख उद्देश्य रहेको छ।

 


 

यसका लक्ष्यहरू:

१. अधिराज्यका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्‍चार सेवामा पुर्‍याउन बसोबास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्‍चार सेवा उपलब्ध हुने व्यवस्था मिलाउने।

२. अधिराज्यका सहरी क्षेत्रमा माग अनुसार दूरसञ्‍चार सेवा उपलब्ध गराउने । व्यापारिक क्षेत्रलाई व्यावसायिक (Corporate) दूरसञ्‍चार सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने।

३. सहरी क्षेत्रका उपभोक्ताहरूलाई विभिन्न सेवाप्रदायकबाट सेवा चयन गर्न पाउने अवसर प्रदान गर्ने । ग्रामीण क्षेत्रमा पनि सोही अनुरूप सेवा चयन गर्न पाउने व्यवस्थाको विस्तार क्रमशः गर्दै लाने।

४. ग्रामीण क्षेत्रको विकास तथा गरिबी निवारणको लागि उपयुक्त सूचना तथा सञ्‍चार प्रविधिको प्रयोग गर्न पाउने व्यवस्था मिलाउने।

 

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.