Pabasa Saving And Credit Co-operative Society Limited Home / Directory
Pabasa Saving And Credit Co-operative Society Limited
Chandol-04, Kathmandu MC, Kathmandu, Bagmati
Finance & Insurance
Address Chandol-04, Kathmandu MC, Kathmandu, Bagmati
Email Not available
Website Not available

२०६२ सालमा काठमाण्डौ महानगपालिका वडा नं. ४ विशेषत चण्डोलको विगत देखिनै सामाजिक गतिविधिहरूमा सकृय व्यक्तिहरू मिलि परिवार, परिवार विचको सम्बन्धहरू सुमधुर बनाउँदै सामाजिक गतिविधीहरूलाई मजवुत बनाउने उद्वेश्यका साथ मासिक प्रतिव्यक्ती रु. २५०।– का दरले बचत संकलन गरी त्यही समुह, परिवार भित्रै आवस्यक पर्दा सानो तिनो गर्जो टार्न सर सापटी लिन सकिने गरी अनौपचारिक रुपमा “पारिवारिक बचत तथा सापटी कोष” स्थापना गरी शुरुवात भएको कोष नै २०६४ शाल माघ १५ गते सहकारी डिभिजन कार्यालय, काठमाण्डौमा विधिवत् दर्ता भए पश्चात नै पावसा बचत तथा ऋण सहकारी संस्था लि. भएको हो । सहकारी ऐन, नियमावली, विनियम तथा मापदण्ड अनुसार हाल यो सहकारी संस्था संचालनमा रहेको छ ।


यस संस्थाको मुख्य उद्वेश्य सदस्यहरू संग बचत संकलन गरी सदस्यहरूलाई नै आवश्यकता अनुसार कर्जा (ऋण) लगानी गर्ने उद्वेश्य भए पनि यस संस्था संग आवद्ध व्यक्ती तथा सदस्यहरूको सामाजिक पृष्ठभुमीका कारणले यो संस्था बचत तथा ऋणको कारोवार अलावा प्राप्त वार्षिक नाफाबाट केही अंश अन्य सामािजक गतिविधिहरूका लागि छुट्याई सदस्यको सामाजिक समस्या तथा समाजको समस्यामा पनि धेरथोर सहयोग गर्ने उद्वेश्यका साथ अगाडी बढेको संस्था हो ।


२०६४ शालमा दर्ता हुँदा ३६ जना सदस्यबाट शुरु भएको यो संस्था आज २०७९ कात्तिक ०१ गते सम्म आईपुग्दा सदस्य संख्या १६११ पुगेको छ भने २०६४ फाल्गुण २ गते रु.४,४०,०००।– बाट शुरु भएको कारोवार हाल २०७९ कात्तिक ०१ गते सम्म आईपुग्दा रु.९५०७५७९०६।– पुगेको छ । संस्थाको आफ्नै स्वामित्वको कार्यालय (पाबसा भवन) भवन का.म.पा. ४ चण्डोलमा रहेको छ । हाल संस्थामा कार्यकारी अध्यक्ष सहित १२ जना कर्मचारीहरू कार्यरत छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.