गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला, ऐतिहासिक रूपमा आधुनिक नेपाल निर्माण र पौराणिक गोर्खा सैनिकहरूको नाम संग जोडिएको छ । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये एक नगरपालिका हो पालुङटार नगरपालिका ।
पालुङटार नगरपालिका गोरखा जिल्ला अन्तर्गत मध्ये एक ऐतिहासिक महत्त्व रहेको सुन्दर नगरपालिका हो | यो २०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्याङली, गाईखुर, पालुङटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो | यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ११०७२ घरपरिवार जसमा १७२६२ जना पुरुष र २०१४७ जना महिला गरी कुल ३७४०९ जना जनसंख्या रहेको छ । यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल १५८.६२ बर्ग कि.मी रहेको छ | यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनंहु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुंग जिल्ला र दक्षिणमा गोरखा न.पा र तनंहु जिल्ला पर्दछ । यो नगरपालिका राजधानी शहर काठमाडौँ र धेरै लोकप्रिय पर्यटन स्थलहरु जस्तै पोखरा र चितवन देखि नजिक छ र राष्ट्रिय राजमार्ग पृथ्बी राजमार्गसंग जोडिएको छ । यस क्षेत्रमा फैलिएको तीन प्रमुख नदीहरू चेपे, दौरादी र मर्स्याङ्दीले कृषि क्षेत्रमा र कृषि अर्थतन्त्रको आधार बनाएको छ। नेपाल सरकारले पालुङटारलाई देशको पहिलो स्मार्ट सिटी बनाउने योजना बनाएको छ । यस नगरपालिकामा लिगलिगकोट, कोटगढी, ताल पोखरी, तातो पानी जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगे राजा चयन गर्ने गरिन्छ ।
© 2025 Suchanaa. All Rights Reserved.