नेपाल सरकारको सघिंय चिकित्सालयको रुपमा संचालित एक मात्र होमियोप्याथिक चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय हरिहरभवन ललितपुरमा अवस्थित छ । यस अस्पतालको स्थापना वि.स.२०१० सालमा भएको हो। चिकित्सालयमा दैनिक २०० को हाराहारीमा बिरामीले सेवा लिई राखेका छन् । हाल यस चिकित्सालयमा ३ जना स्थायी चिकित्सक तथा अन्य सहायक जनशक्तिहरुले दैनिक स्वास्थ्य सेवा पुर्याईरहेका छन् । यस चिकित्सा प्रति दिनानुदिन आकर्षणले बढ्दै गईरहेकोले बर्तमान अबस्थामा यस अस्पताललाई पनि अन्य चिकित्सा पद्धति जस्तै बिकास र बिस्तारका लागी तथा सैया (indoor) सेवा संचालन गर्नका लागी भौतिक पूर्वाधार सहित आवश्यक जनशक्तिको ब्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यस चिकित्सालय प्रयासरत छ ।
होमियोप्याथिक चिकित्सा प्रणाली सस्तो एवं सरल प्रक्रियाद्धारा प्रयोग गर्न सकिने तथा हाम्रो जस्तो विकासोन्मुख मुलुकको लागी अति नै उपयोगी सिद्ध चिकित्सा प्रणाली हुंदाहुंदै पनि यस चिकित्सा प्रणालीको बिकास एवं विस्तारमा नेपाल सरकारको उचित ध्यान नपुग्नाले २०१० सालमनै यो चिकित्सा पद्धतिको रुपमा स्थापित भएता पनि यो हालसम्म नेपालको एक मात्र पशुपति होमियोप्याथिक अस्पतालमा मात्रै सिमित छ । क्रमशः अन्य चिकित्सा पद्धतिको बिकास र बिस्तारमा सरकारको ध्यान केन्द्रित भए जस्तै होमियोप्याथिक अस्पतालको पनि विस्तार गर्दै लैजानु पर्ने निति सरकारले बनाउनुपर्दछ । यस पद्धति प्रति जनआकर्षण बढ्दै गएको आजको अवस्थामा यस चिकित्सा प्रणाली सम्बन्धी थप स्वास्थ्य सेवा तथा जनचेतना दिलाउने उद्देश्यले बेला बेलामा स्वास्थ्य शिविर समेत संचालन गरिंदै आएको छ । यस पशुपति होमियोप्याथिक अस्पतालबाट प्रकाशित यस जानकारीमूलक प्रकाशनले होमियोप्याथिक चिकित्सा सेवाको विकास र विस्तारमा सहयोग पु¥याउने छ भन्ने आशा हामीले लिएका छौं ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.