Directory Home / Directory
Pauwadungma Rural Municipality
Chyangre, Bhojpur
Government
Office Info
Address Chyangre, Bhojpur
Email 2 info@pauwadungmamun.gov.np

संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला, तिवारीभन्ज्याङ, च्याङ्ग्रे, बास्तिम, सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको छ । यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा बिभिन्न थुमहरु थिए । जस्तै हतुवा थुम, सिक्तेल थुम, खिखामाछा थुम, फालि थुम र पौवा थुम थियो । पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे । जस अन्तर्गत साबिकको तिबारीभञ्ज्याङ गाबिसको वडा नं ७, ८, ९ खेसाङमा यो थुमको केन्द्र रहेको थियो र लोपोन्मुख दुङमाली भाषीहरुले बोलिने दुङमाली भाषा अन्तर्गत (दुङमा) भन्नाले पिउनु भन्ने जनाउँछ । यी २ वटा नाम पौवा+दुङमा मिलाएर पौवादुङमा गाउँपालिकाको नामकरण गरिएको हो । गाउँपलिकाको सिमाना पुर्वमा अरुण नदि, पश्चिममा भोजपुर नगरपालिका, उत्तरमा अरुण गाउँपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन । यस गाउँपालिकाको कुल क्षेत्रफल ११८.८ वर्ग कि.मि. रहेको छ । बि.स. २०७८ को जनगणना अनुसार महिला ६, २५९ जना र पुरुष ५,८४८ जना गरि कुल जनसंख्या १२,१०७ जना रहेका छन ।


पर्यटन प्रबर्द्धन तथा आर्थिक समृद्धिको आधारको रुपमा अरुण डाँडा, चिवाचुङ डाँडा, शिवालय पार्क, च्याङ्ग्रे पोखरी, सन्तानेश्वर महादेव, शिर्शिरे डाँडा आदि पर्यटकीय स्थलहरु रहेका छन । प्रमुख आर्थिक केन्द्रहरु श्यामसिला, तिवारीभञ्ज्याङ, च्याङ्ग्रे र मानेडाँडा आदि रहेका छन । अधिकांश वडा कार्यलयहरुलाई ग्रामीण सडकले छोएको यस गाउँपलिकाको मुख्य पेशा कृषि हो । यहाँ धान, गँहु, मकै, कोदो, फापर आदि अन्नबाली र अम्रीसो, चिया, अलैंची, अदुवा आदि नगदेबालीहरु उत्पादन हुने गर्दछ । यहाँ ब्राह्मण, क्षेत्री, नेवार, कुमाल, राई, तामाङ, मगर, भुजेल, शेर्पा, लिम्बु, कामी, दमाई, सार्की आदि जातका मानिसहरुको बसोबास रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.