Directory Home / Directory
Phedap Rural Municipality
Phedap-1, Terhathum
Government
Office Info
Address Phedap-1, Terhathum

फेदाप गाउँपालिका १ नम्बर प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो । नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले, ओयाक्जुङ, जलजले, सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो ।

 

१. भौगोलिक तथा प्राकृतिक विशेषता : 
यो गाउँपालिकाले करिब ११०.८३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । हिमाली तथा पहाडी भूभाग समेट्ने यस क्षेत्रमा विविध प्राकृतिक स्रोतहरू पाइन्छन् । ह्यात्रुङ झरना, कुम्भकर्ण हिमालको दृश्यावलोकन, र ऐतिहासिक औशी बजार यहाँका प्रमुख आकर्षणहरू हुन् ।

 

२. जनसंख्या तथा सामाजिक संरचना:
२०७८ सालको जनगणना अनुसार फेदाप गाउँपालिकाको जनसंख्या १५,१६९ रहेको छ । यहाँ लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर लगायत विभिन्न जातीय समुदायहरूको बसोबास रहेको छ । यी विविध समुदायहरूले आ-आफ्ना भाषा, धर्म, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आएका छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.