Pokhara Metropolitan CIty Home / Directory
Pokhara Metropolitan CIty
Newroad
Government
Office Info

बि. सं. २०१६ सालमा १३ वडा सहित गठित पोखरा नगरपालिका, पोखरा नगर पञ्चायत  २०५२ मा विस्तारित भई १८ वडाको उप-महानगरपालिका बन्यो।गणतन्त्र स्थापना पश्चात् २०७१ मङ्सिर १६ गते पोखरा उपमहानगरपालिका आसपासका तत्कालीन गाउँ विकास समितिहरू मिलाएर २९ वटा वडा पुर्यालएर पोखरा उप-महानगरपालिकामा रूपान्तरित भयो । २०७२सालमा नेपालको संविधान जारी भए पछि राज्य पुनः संरचना हुँदा साबिकको पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका र आसपासका गाविसहरू मौजा, चापाकोट, कास्कीकोट, पुरञ्चौर पुरै, भदौरे तामांगीका वडा नं ३ र ९, माझठानाका वडा नं १, ४ र ९, र कालिकाका वडा नं १ र ५ मिसाएर ३३ वडा कायम गरी २०७३ फागुन २७ गते पोखरा लेखनाथ महानगरपालिका गठन भएको हो । पोखरा महानगरपालिका नगर सभाको सिफारिस बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ साउन २३ गतेको निर्णयअनुसार पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर भई पोखरा महानगरपालिका कायम भएको छ।

पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसंख्या ५,१३,५०४ (राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा) छ ।  महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.