Province Public Service Commission, Bagmati Home / Directory
Province Public Service Commission, Bagmati
Hetauda SMC, Makwanpur, Bagmati
Government
Address Hetauda SMC, Makwanpur, Bagmati

नेपालको संविधानको धारा 244 ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने व्यवस्था गरेको छ। सोही बमोजिम प्रदेश लोक सेवा आयोग ऐन, 2076 कार्यान्वयनमा आएपश्चात् 2076 साल मंसिर 2 गते अध्यक्षको नियुक्ति सँगै आयोगको गठन भएको र माघ 6 गते सदस्यद्वयको नियुक्ति पछि प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले पूर्णता प्राप्त गरेको छ। प्रदेश निजामती सेवा, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान व्यूरो, प्रदेश सङ्गगठित संस्थाको सेवा तथा स्थानीय तहको सङ्गठित संस्थाको सेवाको पदमा उपयुक्त उम्मेदवारहरूको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने प्रमुख जिम्मेवारी आयोगको काँधमा छ। लोक सेवा आयोगले आफ्नो स्थापनाकाल देखि नै कर्मचारी नियुक्ति गर्दा निष्पक्षता, योग्यता र स्वच्छताका सिद्धान्तहरुलाई अवलम्बन गर्दै आफ्नो गरिमामय एवं निश्कलङ्क छवि निर्माण गरेको छ। सोही अनुसार नेपालको संविधानले व्यवस्था गरे बमोजिमको पहिलो पटक अभ्यासमा रहेको तीन तहको सरकारमध्ये प्रदेश र स्थानीय तहमाप्रदेश लोक सेवा आयोगको क्षेत्राधिकार भित्रका आवश्यक जनशक्ति छनौटका लागि पाठ्यक्रम निर्धारण गरी परीक्षा सञ्चालन गर्ने, योग्य उम्मेदवारहरू छनोट गरी स्थायी नियुक्तिका लागि सिफारीस गर्ने, प्रदेश निजामती सेवा र अन्य सेवामा योग्य उम्मेदवारहरू आकर्षित गर्ने, निजामती कर्मचारीको सेवा सर्त सम्बन्धी विषयमा परामर्श उपलब्ध गराउने, जनशक्ति व्यवस्थापनमा नेपालको संविधान तथा प्रचलित कानूनहरूको पालना भए नभएको अनुगमन गरी नियमन गर्नेलगायतका कामहरू आयोगले आगामी दिनहरूमा प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने अवस्था छ। भर्खर स्थापना भएको आयोगको सामु सानो संगठन संरचना, सीमित जनशक्ति तथा अन्य भौतिक कठिनाइहरूचुनौतीपूर्ण रहेका छन्। यथाशीघ्र पदपूर्ति प्रक्रियाहरू सुचारु गर्न हालको कोरोना महामारीको अवस्था चुनौती कै रूपमा हाम्रो सामु खडा भएको छ। आयोगको केन्द्रीय कार्यालय हेटौँडामा रहेको तर संघीयताको मर्म अनुरूप परीक्षामा सहभागी हुने अन्य जिल्लाका परीक्षार्थीहरूलाई प्रदान गर्नुपर्ने सुविधा, यस आयोग सामु सीमित श्रोत र साधनका कारण सोही मानक कायम गरी कुनै पनि प्रकारका दबाब र प्रभावसँग सम्झौता नगरी कार्यसञ्चालन गर्ने चुनौती पनि आयोग सामु छ। तथापि प्रदेश लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरूको सक्रिय सहभागितामा आगामी दिनहरूमा लोक सेवा आयोगको स्वच्छ कार्यशैली आत्मसात गर्दै ऐन, कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरू पूरा गर्ने दिशामा आयोग अग्रसर हुनेछ। प्रदेश लोक सेवा आयोग जनशक्ति व्यवस्थापनमा स्वच्छ, निष्पक्ष र योग्यताको संरक्षक संस्था भएकोले बागमती प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहमा रिक्त जनशक्ति छनौट गर्ने कार्यका लागि तयारी अवस्थामा रहेकोरप्रदेश सरकारको कामकारवाहीलाई चुस्तता दिन आवश्यक पर्ने जनशक्ति यथासमयमा पूर्ति गर्ने प्रतिबद्धता आयोगको तर्फबाट व्यक्त गर्दछु। आयोगको दायित्व निर्वाहमा प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायहरूबाटआयोगले सदैव सहयोग एवम् महत्वपूर्ण सल्लाह र सुझावहरू प्राप्त गर्ने विश्वास लिएको छु। सुरेश मान श्रेष्ठ अध्यक्ष प्रदेश लोक सेवा आयोग बागमती प्रदेश

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.