Provincial Ayurveda Hospital, Bijauri Dang Home / Directory
Provincial Ayurveda Hospital, Bijauri Dang
Bijauri, Dang
Health & Medical
Office Info
Address Bijauri, Dang
Email 2 pahdang077@gmail.com

वि.सं २०४८ सालमा स्थापना भएको लुम्बिनी प्रदेशको दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय हाल प्रादेशिक आयुर्वेद चिकित्सालय मध्यपश्चिमाञ्चलको आयुर्वेद उपचारको केन्द्र हो। यहाँ दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवाहरू प्रभावकारी रूपमा संचालन भइरहेका छन्। चिकित्सालयले क्षारसूत्रबाट पायल्स, फिस्टुला, फिसर, सिस्टलगायतका रोग निदान गर्दै आएको छ। चिकित्सालयमा क्षारसूत्र सेवा शुरु भएपछि पायल्स, फिस्टुला, फिसररोगजस्ता सेवा लिन बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ। बिरामीहरू दाङ लगायत डोल्पा, सल्यान, रुकुम, रोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतबाट पनि उपचारका लागि आउने गरेका छन्। चिकित्सालय परिसरमा मन्दिर निर्माण, योगा हल निर्माण, ल्याब, अन्तरङ्ग विभाग, पञ्चकर्म, क्षारसूत्र, फोटो थेरापी मेसिन, फ्रि–वाइफाइ, प्रविधिमैत्री रजिष्टेशन, सिसी क्यामेरा जडान, डिजिटल हाजिरीको निर्माण, व्यवस्था तथा संचालन भइरहेको छ। एक्स-रे सेवा विधिवत रूपमा संचालन भइरहेको छ। साथै चिकित्सालयमा अपाङ्गमैत्री शौचालय पनि निर्माण भएको छ। ३० शैयाको यस चिकित्सालयलाई स्तरोन्नति गरेर ५० शैयाको बनाउने लक्ष्य रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.