प्रदेश तथा स्थानीय तहका निर्वाचित, मनोनीत वा नियुक्त पदाधिकारी तथा प्रशासनिक कर्मचारीको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सञ्चालन) आदेश, २०७७ बमोजिम प्रदेश सुशासन केन्द्रको स्थापना भएको हो । केन्द्रको मुख्य कार्यालय ललितपुर जिल्लाको जावलाखेलमा अवस्थित छ । जावलाखेलस्थित केन्द्रको कार्यालय भवनको औपचारिक उद्घघाटन मिति २०७७ साल मंसिर ३० गते भएको थियो ।
बागमती प्रदेश सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Program-PLGSP) बाट प्राप्त प्राविधिक तथा वित्तीय सहयोगमा केन्द्रका कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । केन्द्रले बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुपरीवेक्षणमा रही संघीय सरकारका निकाय, बागमती प्रदेश सरकारका विषयगत मन्त्रालय, जि.स.स. महासंघ, नगरपालिका महासघं, गाउँपालिका राष्ट्रिय महासघं, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुसमेतको समन्वय र परामर्शमा प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने क्षमता विकास तालिम तथा कार्यशाला सञ्चालन गर्ने गरेको छ ।
केन्द्रले मुख्य रुपमा क्षमता विकास, सँस्थागत विकास, अध्ययन अनुसन्धान र परामर्श सेवा गरी चार कार्यक्षेत्रमा कार्य गर्दछ । आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुँदै गर्दा यसले संघ प्रदेश र स्थानीय तह तथा सरकारी, निजी एवम् सामुदायिक संघ सँस्थाहरुसँग समन्वय तथा सहकार्य गर्दै आईरहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.