Directory Home / Directory
Purbakhola Rural Municipality
Purbakhola, Palpa
Government
Office Info
Address Purbakhola, Palpa
Email 2 ito.purbakholamum@gmail.com
Email 3 purbakholaruralmun@gmail.com

देवीनगर देखी जल्पा बिरकोट रिङ्गनेरह हुँदै पूर्वतिर बगेको खोलाको नामबाट रहन गएको "पूर्वखोला गाउँपालिका " पनि नेपालको एक गाउँपालिका हो । साबिकका ६ वटा गा. वि. स. लाई मिलाएर एक पूर्वखोला गाउँपालिका बनाइएको हो । पूर्वखोला गाउँपालिका डाडाकाँडाले घेरिएको छ ।पूर्वखोला गाउँपालिका १३८.०५ बर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसख्या १६,०५२ रहेको छ । यस गाउँपालिकाको केन्द्र साबिक रिङ्गनेरह गा. वि. स. को कार्यलयमा रहेको छ । पूर्वखोला गाउँपालिका पूर्ण खोप, पूर्ण साक्षर साथै खुल्ला दिसा मुक्त भएको गाउँपालिका हो । सामुदायिक र निजी गरी ३८ वटा शिक्षण संस्था भएको यसको सबै वडामा मा. वि. सन्चालित छन् । पाल्पाको उच्च स्थलमा रहेको "हात्तीलेक" यस गाउँपालिकाअन्तर्गत पर्दछ । यहाँको भुभाग पहाडै पहाडले घेरिएको छ । यस गाउँपालिकामा मगर जातिको बाहुल्यता रहेको छ र केहि मात्रामा ब्राहमन, क्षेत्री र दलितहरुको बसोबस रहेको पाइन्छ । यहाँका मानिसहरु एक-आपसमा मिलिजुली आफ्नो-आफ्नो रितिरिवाज मान्दै धर्म कर्ममा रमाएका छन् । यहाँको धार्मिक स्थलहरुमा सिलुवाको चुरेबराजु, जल्पाको जल्पादेवी, रिङ्गनेरहको शिव मन्दिर्,देवीनगरको भानुमाता देवी, बिरकोटको अकला देवी र हेकलाङको बाराहा देवी जस्ता धार्मिक स्थलहरु रहेका छन् । सिलुवाको तामाखानी गाँउमा तामाको खानी रहेको विस्वास गरिन्छ र हात्तीलेकमा धेरै कुराको सम्भावित खानिहरु रहेको जानकारीमा आएको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.