Radiant Multipurpose Co-operative Ltd. Home / Directory
Radiant Multipurpose Co-operative Ltd.
Sanepa-2, Lalitpur MC, Lalitpur, Bagmati
Finance & Insurance
Address Sanepa-2, Lalitpur MC, Lalitpur, Bagmati
Website radiantmcl.com

यस रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लि. सहकारी ऐन २०४८ तथा सहकारी ऐन २०७४ अनुसार बहुउद्देश्यीय, बचत तथा ऋण कारोवार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०६५ भाद्र ४ गते जिल्ला सहकारी डिभिजन कार्यालय, ललितपुरमा विधिवत् रुपमा दर्ता भई “हरेक वर्गको सन्तुष्टि नै हाम्रो सफलता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कारोबार सुरू गरिएको हो । सुरूको अवस्थामा २५ जना शेयर सदस्यबाट रू. १०,००,०००.०० शेयर पूँजी सङ्कलन गरी ललितपुर जिल्लाको ४ वडालाई कार्यक्षेत्र बनाइ कारोबार शुरू गरेको र हाल यसको कार्यक्षेत्र विस्तार भई ललितपुर जिल्लाभर कायम रहेको छ । यस संस्थाले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाति, पेसा तथा व्यवसायमा आवद्ध व्यक्ति एवम् समुदायलाई एकतावद्ध गर्दै स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, सङ्कलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवन यापनमा सहयोग पु¥याउनु संस्थाको उद्देश्य हो । यो संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैँक, ललितपुर जिल्ला सहकारी संघ लि. मा आवद्ध रहेको छ । यस संस्थामा २०७७ साल आषाढ मसान्त सम्म २१७३ सेयर सदस्य जना रहेका छन् ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.