Rastriya Jeewan Beema Company Limited Home / Directory
Rastriya Jeewan Beema Company Limited
Ramshahpath, Kathmandu
Finance & Insurance
Office Info
Address Ramshahpath, Kathmandu
Website rbs.gov.np

देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न नेपाल सरकारको निर्णय बमोजिम वि.सं.२०२४ साल पौष १ गते कम्पनी ऐन अन्तर्गत प्राइभेट कम्पनीको रूपमा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) स्थापना भएको हो।

 

श्री ५ महाराजधिराज महेन्द्र बीर बिक्रम शाहदेवको बाहुली बाट वि.सं.२०२४ साल फागुन ११ गते आफ्नो निजी सवारीको बीमालेख खरिद गर्दै निर्जीवन बीमा व्यवसायको कारोबार उदघाटन भएको थियो । पहिलो बीमालेखको प्रस्तावकमा बीमितको तर्फ बाट श्री ५ महाराजधिराज महेन्द्र बीर बिक्रम शाहदेवको बाहुली बाट र राष्ट्रिय बीमा संस्थानको तर्फबाट अध्यक्ष डा. भेष बहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो।

 

वि.सं.२०२४ साल पौष १ गते कम्पनी ऐन अन्तर्गत प्राइभेट कम्पनीको रूपमा स्थापना भएको यस कम्पनी वि.सं.२०२५ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान ऐन,२०२५ अन्तर्गत कम्पनीबाट संस्थानमा परिणत भएको हो। निर्जीवन बीमा व्यवसायबाट कारोवार सुरु गरेको कम्पनीले वि.सं. २०२९ साल फाल्गुन ७ गते देखि मात्र जीवन बीमा व्यवसायको कारोबार आरम्भ गरेको हो। शुरूवातबाट जीवन र निर्जीवन दुवै बीमा व्यवसायको कारोवार गरिरहेको अवस्थामा बीमा ऐन,2049 बमोजिम एउटै कम्पनीले जीवन र निर्जीवन दुवै बीमा व्यवसाय गर्न नपाउने व्यवस्था भएकोले वि.सं. २०७१ जेष्ठमा राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड) ले जीवन बीमा व्यवसाय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले निर्जीवन बीमा व्यवसाय गर्ने गरी विधिवत् रूपमा छुट्याइएको हो। तत्पश्चात कम्पनीले बीमा ऐन, 2049 र राष्ट्रिय बीमा संस्थान ऐन, 2025 बमोजिम राष्ट्रिय बीमा संस्थानको नाममा जीवन बीमा व्यवसाय गर्दै आएकोमा 2079 कार्तिकमा बीमा ऐन, २०79 जारी भए पश्चात उक्त ऐनमा भएको व्यवस्था बमोजिम ऐन लागू भएको 1 वर्षपछि 2080 कार्तिक 20 गते राष्ट्रिय बीमा संस्थान ऐन, 2025 खारेज भई संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको हो।

 

नेपाल सरकारको स्वामित्वमा संचालित एक मात्र जीवन बीमा कम्पनी लिमिटेडले ५७ वर्ष पूरा गरी ५८ वर्ष सम्म आईपुग्दा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य गर्न, बीमाको पहुँचमा वृद्धि गर्दै बीमा व्यवसाय विस्तार गर्न, सरल र सुलभ सेवा उपलब्ध गराउन, प्रविधिको उच्चतम प्रयोगबाट बीमा बजारमा कम्पनीप्रति रहेको विश्वास अभिवृद्धि गर्न, बीमाको बारेमा सचेतना जगाउन र उच्चतम प्रतिफल दिन सफल भएको छ ।

 

कम्पनीले नेपाल सरकारले गरिदिने राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा अन्तर्गत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समुदायिक विद्यालयका शिक्षकहरू र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूलाई सामूहिक जीवन बीमा उपलब्ध गराएर सेवा प्रवाह गरिरहेको छ । त्यसै गरी संस्थागत तर्फ नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम, दुग्ध विकास संस्थान, सामाजिक सुरक्षा कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपाल दुरसंचार प्राधिकरण, धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल बीमा प्राधिकरण, नविल बैंक, ग्रामिण विकास बैंक, उदयपुर सिमेन्ट उद्योग, पोखरा विश्वविद्यालय, चिलिमे पावर कम्पनी लिमिटेड, एशियन पेन्टस कम्पनी लिमिटेड, साल्ट टेड्रिङ कम्पनी लिमिटेड, युनिलिभर कम्पनी लिमिटेड, गुठी संस्थान, नागरीक लगानी कोष, गोरखापत्र संस्थान, प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, सि.टि.ई.भि.टि.,जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड लगायत १९० भन्दा अधिक संघ, संस्थान, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिका कर्मचारीहरूको सामूहिक जीवन बीमा तथा कर्जा सुरक्षणको लागि गरिने कर्जाको जीवन बीमा उपलब्ध गराई बीमाको क्षेत्रमा विश्वसनीय एवम् उल्लेखनीय जग बसाल्न सफल भएको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.