Rolpa Hospital Home / Directory
Rolpa Hospital
Reugha
Health & Medical
Office Info

रोल्पा अस्पताल ,रेउघा लुम्बिनी प्रदेशको रोल्पा जिल्ला अन्तर्गत रोल्पा नगरपालिका -२ रेउघामा अबस्थित छ। यो अस्पताल रोल्पा जिल्ला को सदरमुकाम लिवाङ्ग देखि करिब ४.५ कि मि टाढा रेउघा मा रहेको छ। बि स २०५९ मा स्वास्थ्य केन्द्र को रुपमा निर्मित यस अस्पताल बि स २०६१ मा जिल्ला अस्पताल को रुपमा परिमार्जित भएको थियो। तर बि स २०७५ मा भने यसले आफ्नो परिचय रोल्पा अस्पताल, रेउघा को रुपमा पाएको छ। यस अस्पतालमा ५० बिरामी शैयाहरु संचालनमा रहेको छ। अस्पतालको व्यवस्थापन अस्पताल विकास समितिद्वारा भएको छ। रोल्पा अस्पतालले जिल्लामा सबै उपचारात्मक सेवाहरू प्रदान गर्दछ ।

 

यस अस्पताल को कुल क्षेत्रफल ७५ रोपनी रहेको छ। यो रोल्पा बासि र रोल्पा जिल्ला को लागि एउटा बिरामी referral केन्द्र को रुपमा रहेको छ। यो ५० शैयाको अस्पताल भनेता पनि अहिले यस अस्पताल मा ५२ शैयाहरु प्रयोगमा आएको छन। यस अस्पताल मा मेडिकल ओ पी डि, बिरामी भर्ना, A R T सेवा, ल्याबोरेटोरी सेवा, बल्ड बैङ्क, भिडियो X-Ray सेवा, X -Ray सेवा फिजियोथेरापी सेवा, आँखा जाच, डेन्टल सेवा, OCMC सेवा, सामाजिक सुरक्षा सेवाका साथै आफ्‍नै फार्मेसी, चमेनागृह र एम्बुलेनस सेवा पनि रहेको छ। 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.