काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०७८ को जनगणना अनुसार २३७९० जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खहरेपाँगु, शिखरआम्बोटे, महादेवटार, सिसाखानी, सिपालीचिलाउने, कटुन्जेबेशी, खार्पाचोक, मंगलटार,वाल्टिङ र भिमखोरी मिलाएर बनाईएको छ ।
रोशी गाउँपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । डाँडाकाँडाले भरिएको यस गाउँपालिकामा रहेको रोशी खोला को नाम बाट गाउँपालिकाको नामाकरण गारिएको हो । यस गाउँपालिकामा विषेश गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोबास रहेको छ। तामाङ जातिको वाहुल्यता रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, मगर, नेवार, ठकुरी , कामी, दमाईको बसोबास रहेको छ। यहाँका नागरिकहरुले कृषि , पशुपालन र ब्यापारलाई मुख्य पेशाको रुपमा अङ्गाल्दै आएका छन्। प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउँपालिका स्रोत र साधन मा धेरै अगाडि छ।
© 2025 Suchanaa. All Rights Reserved.