Directory Home / Directory
Runtigadhi Rural Municipality
Holeri, Rolpa
Government
Office Info
Address Holeri, Rolpa

१. रुन्टिगढी गाँउपालिकाकाे संक्षिप्त परिचय 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५ न. प्रदेश अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानीय तह मध्यको रुन्टिगढी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध महाप्रभुको जन्म थलो रुन्टि र महाप्रभुले तपश्या गरेको ठाउँ गढीको नामवाट नामाकरण गरेको यस गाँउपालिकाको केन्द्र होलेरी, रोल्पामा रहेको छ । यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४० कि.मी उत्तरी पश्चिम भागमा अवस्थित छ । ९ वटा वडा भएको रुन्टिगढी गाँउपालिकाको पूर्वमा रोल्पा नगरपालिका र सुनिल स्मृति गाँउपालिका, पश्चिममा दाङ र सल्यान जिल्ला,उत्तरमा त्रिवेनी गाँउपालिका र दक्षिणमा दाङ र प्यूठान जिल्ला रहेका छन ।   

 

२. भौगोलिक अवस्थिति

रुन्टीगढी गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाका १० स्थानीय तहहरू मध्ये एक हो । यो गाउँपालिका महाभारत पर्वत श्रृङ्खलाको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मध्य पहाडी छटा, मनोरम प्राकृतिक दृश्यले परिपूर्ण रहेको छ । समुन्द्र सतहबाट ७५० मिटर देखी २१५० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल २३२.६८ वर्ग कि.मी. रहेको छ भने भौगोलिक रुपमा ८२º२३’४५.५६७” देखि ८२º३७’५०.१२६” पूर्वी देशान्तर र २८º५’३५.६२९” देखि २८º१०’४८.९४०” उत्तरी अक्षांशमा फैलिएको छ । गाउँपालिकाको पूर्वमा रोल्पा नगरपालिका र सुवर्णवती गाउँपालिका, पश्चिममा दाङको तुलसीपुर उपमहानगरपालिका र सल्यानको कपुरकोट गाउँपालिका, उत्तरमा त्रिवेणी गाउँपालिका र दक्षिणमा दाङको घोराही उपमहानगरपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिका रहेका छन् । चुरे पहाड अन्र्तगतको भूभागमा रहेकोे हुनाले गाउँपालिकामा बलौटे माटो पाइन्छ । यहाँ समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा यहाँको तापक्रम जाडो महिनामा ० डिग्री सेन्टीग्रेड हुन्छ भने गर्मीमा २४ डिग्री सेन्टीग्रेड देखि ३० डिग्री सेन्टीग्रेडसम्म पुग्ने गर्दछ भने यहाँ बार्षिक औषत बर्षा १२५ से.मि. हुने गर्दछ ।

 

३. ऐतिहासिक पृष्ठभूमि तथा नामाकरण :

रोल्पा जिल्लाको सदरमुकाम लिवाङदेखि ४० कि.मि. को दुरीमा रहेको यस गाउँपालिका भौगोलिक हिसाबले मुलुकको पश्चिमी क्षेत्रमा अवस्थित गाउँपालिका हो । यस गाउँपालिकको नामाकरण प्रसिद्ध बालपतसी स्वर्गद्वारी महाप्रभुको जन्म थलो ‘रुन्टी’ र नेपाल एकीकरणको समयमा स्थापना गरिएको तथा महाप्रभुले तपस्या गरेको स्थल ‘गढी’ को नामबाट गरिएको हो ।

 

जनसंख्या र घरधुरी  

यस रुन्टीगढी गाउँपालिकामा पुरुषकाे  जनसंख्या  १३,३४९  र महिलाकाे  जनसंख्या १४,९४२ गरि जम्मा जनसंख्या २८,२९१ रहेको छ  साथै घरधुररीकाे सख्या ५६०८ रहेकाे छ ।
 

४. सामाजिक तथा सास्कृतिक पक्ष
यस गाँउपालिका सामाजिक तथा सास्कृतिक रुपमा सम्पन्न रहेको छ । मगर जातीको वाहुल्यता छ भने यस वाहेक ब्रहामण, क्षेत्री, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, घर्ती लगाएतका जातजाती बसोबास गर्दछन । धार्मिक रुपमा हिन्दु धर्मको बाहुल्यता रहेपनि बौद्ध तथा क्रिश्चियन धर्मावलबीहरु सहितयस गाँउपालिकामा जातीय र धार्मिक सहिसुन्ता कायम रहेको छ । दशैँ, तिहार, जनै पूर्णिमा, बुद्ध जयन्ती आदी यहाँका प्रमुख पर्वहरु हुन । पन्चे बाजा, कौरा, सोरठी, मयुर नाच,साराङ्गी नाच, झयाउरे, वालन,चुडका, लगाएतका जातीय परम्परागत पहिचान कायम रहेकै छ । वि. सं २०७३ सालमा रोल्पा जिल्लामा ७ वटा वडा अहिले प्रशासनिक र्दष्टिकोणबाट ९ वटा वडामा विभाजन गरिएको छ ।  

 

५. सामाजिक अवस्था
इस खण्डमा रुन्टीगढी गाउँपालिका बासिन्दाहरुको सामाजिक अवस्थाको अध्ययन गरिएको छ,जसअन्तरगत साक्षरता, वैवाहिक अवस्था, बसोवास र बसाइँसराइ, जन्म र मृत्यु एवम् स्वास्थ्य सम्बन्धी जानकारी दिइएको छ । 


साक्षरता : स्न्टीगढीमा पुरुष र महिला दुवैको साक्षरता प्रतिशत सामान्यतता सन्तोषजनक नै देखा पर्छ । तर पुरुषहरुको सापेक्षतामा रुन्टीगढी गाउँपाुलिकाको अझै पनि निरक्षर महिलाहरुको सङ्ख्या (८७.०७७) प्रतिशत रहेको छ ।

वैवाहिक अवस्था : रुन्टीगढी गाउँपालिका बासिन्दामध्ये १० वर्ष वा सोभन्दा माथिको उमेरका २०८८ व्यक्तिहरुको वैवाहिक अवस्थाको अध्ययन गर्दा विवाहिक  व्यक्तिहरुका प्रतिशत  ५२.६ र अविवाहित व्यक्तिहरुको प्रतिशत ४४.६ रहेको पाइयो । 

३ बसोबास र बसाइँसराइ : रुन्टीगढी गाँउपालिकामा बसाईसराइको अवस्था विश्लेषण गर्दा यहाँका बसोबासीमध्ये ९६.८१८ प्रतिशत बासिन्दाहरु अन्यत्रवाट बसाइँसराइ गरी आएको पाइयो । ५ न. वडामा अन्य वडा भन्दा धेरै वसाइँसराइ गरेको पाइयो । 

४ जन्म र मृत्यु : वडागत आधारमा रुन्टीगढी गाँउपालिकाको जन्म सम्बन्धी विवरण हेर्दा विगत १२ महिनाको अवधिमा वडा नं ३ र १ मा अन्य वडाको तुलनामा अधिक जन्मदर रहेको देखिन्छ र मृतयुतर्फको तथ्याङ्क हेर्दा जम्मा ४.१६ प्रतिशत घरधुरीमा मात्र मृत्यु भएको देखिन्छ । १२ महिनाको अवधिमा क्रमशः वडा २ र ८मा सर्वाधिक धेरै मृत्यु भएको देखिन्छ । 

५ स्वास्थ्य : रुन्टीगढी गाँउपालिकाका अधिकांश वासिन्दाहरु(६५.१६८ प्रतिशत) विरामी हुँदा सबैभन्दा पहिले औषधी पसलमा जचाउन जाने गरेको पाइन्छ । पर्याप्त स्वास्थ्य सुविधा प्रदान गर्नका लागि अझै थप प्रयास गर्नु पर्ने देखिन्छ ।

 

६. राजनैतिक अवस्थिति

लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको साविकका झेनाम, सखी, जौलीपोखरी, मसिना, डुब्रिङ, जेदबाङ (७, ८ र ९) र दुविडाँडा गा.वि.स. लाई समेटेर रुन्टीगढी गाउँपालिकाको स्थापना वि.स. २०७३ फाल्गुण २७ मा भएको हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.