Sagun Saving And Credit Cooperative Society Ltd. Home / Directory
Sagun Saving And Credit Cooperative Society Ltd.
Hariwan MUN, Sarlahi, Madhesh
Finance & Insurance
Address Hariwan MUN, Sarlahi, Madhesh
Website sagun.coop.np

सगुन साकोसको स्थापना बि.सं.२०५७ सालमा एक जना महिला सहित ३६ जना स्थानिय समाजसेवी, राजनैतिक, ब्यवसायीक तथा समाज अग्रज ब्यक्तित्वहरुसँग भएको जम्मा रु १,७६,०००/– पुँजी जम्मा गरी, त्यसै वर्ष श्राबण १९ गते डिभिजन.सहकारी कार्यालय बारा कलैयाबाट दर्ता भई सोही बर्षको असोज ६ गते प्रारम्भिक साधारण सभा गरी एउटा सानो कोठाबाट कारोवार सुरु गरिएको थियो । यस संस्थाको दर्ता नं. ०४१/०४/२४/०५७/०५८ हो । यस संस्थाको स्थायी लेखा नंं. ३०२५६२९०१ रहेको छ । तत्कालिन समयमा ३५ जना सदस्यहरुले रु. ५,०००/– र एक जना सदस्यबाट रु १,०००/– शेयर रकम संकलन गरी कारोवार शुरु गरेको यो संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै हाल सम्म २५ औ बसन्त पार गरिसकेको छ । तत्कालिन समयमा हरिवन, कर्मैया, ढुंग्रे, घुर्कौली र नेत्रगन्ज गा.वि.स. गरी ५ गा.वि.स. कार्यक्षेत्र रहेकोमा अहिले यस संस्थाको कार्यक्षेत्र सर्लाही जिल्ला भरि रहेको छ । हाल सर्लाही जिल्लामा २० पालिका रहेको छ । जसमा ११ नगरपालिका र ९ गाँउ पालिका रहेको छ ।

 

उक्त समयमा यस संस्था स्थापना गर्नुको मुख्य उद्देश्य समुदायमा साहु महाजनको चर्को ब्याजदरबाट सर्बसाधारणलाई उन्मुक्ति दिलाउँदै द्धन्द्ध कालमा अस्तब्यस्त भएको बैङ्क तथा बित्तिय संस्थाको अबस्थालाई सुधार गर्नु तथा सर्ब साधारणमा बैकिङ्क क्षेत्रको पहुँच बढाउनु रहेको थियो । यो उद्देश्य हाल आएर पनि उतिकै सान्दर्भिक रहेकोछ । हाल सगुन साकोसको मुख्य कार्यालय हरिवन ११, सर्लाहीमा रहेको छ भने सदस्यहरुको सेवाको लागी ५ वटा सेवाकेन्द्रहरु संचालनमा रहेका छन । बागमति नगरपालिकाको ढुंग्रेखोलामा बागमति सेवाकेन्द्र, लालबन्दी न.पा. मा लालबन्दि सेवा केन्द्र, बरहथवा न.पा मा बरहथवा सेवा केन्द्र, हरिपुर न.पा.मा हरिपुर सेवाकेन्द्र, ईश्वरपुर न.पा मा ईश्वरपुर सेवा केन्द्र संचालनमा रहेका छन । संस्था विकासको लागि हाल सम्मको प्रयासहरुमा सदस्यहरुको चाहना बमोजिम २२ प्रकारका बचत खाता सञ्चालन, सदस्यहरुको आवश्यकता अनुसारको आफ्नो कार्यालय भवन रहेको, उखु किसानको रकम भुक्तानीको लागि बेग्लै बचत खाता सञ्चालन रहेको, हप्ताको सातै दिन सेवा प्रदान गरिएका, सदस्यहरुको माग अनुसारको सदस्यहरुलाई प्रविधि मैत्री मोवाईल बैंकिङ सेवा प्रदान गरिएको, सदस्यहरुको माग बमोजिम एटिएम सेवा सञ्चालनमा रहेको, .संस्था शुसासनमा राख्नको लागि नियमित पल्र्स विश्लेषण गरिएको, .जतिसुकै रकम राख्न र झिक्न सकिने व्यवस्था रहेको, बिप्रेषण सेवा सञ्चालन, प्रोबेशन कार्यक्रममा आवद्धता भएको तथा सहकारी महासंघ, नेफस्कुन, राष्ट्रिय सहकारी बैंक, आन्तरिक राजस्व कार्यालय, प्रदेश सहकारी मन्त्रालयद्धारा सम्मान गरिएको छ ।

 

४ पटक ऋग्म्ऋऋ तालिम सम्पन्न गरेको, नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम संचालन गरेको, .विभिन्न सामाजिक कार्यमा संलग्न रहेको, हरेक बर्ष रक्तदान कार्यक्रम गरेको, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक बर्ष छात्रबृद्धि दिने गरेको तथा युवालाई स्वरोजगार ऋण प्रदान गरी संस्थामा आकर्षण गर्ने गरिएको छ । प्रारम्भमा संस्थाको अध्यक्ष श्री बाबुराम घिमिरे र त्यस पछि २१ औं साधारण सभाबाट संस्थाका अध्यक्ष श्री केशव प्रसाद ढकाल अध्यक्ष रहनु भएको छ । अबका दिनमा पूर्ण तथा व्यवसायिक साकोस बिकास कार्यक्रमलाई निरन्तरता दिदैं सफलता प्राप्त गरी एशियाली स्तरको ब्राण्डिङ कार्यक्रममा सहभागि भई समुदायमा आधारित सुरक्षित तथा स्वस्थ्य संस्था निर्माण गर्नको लागि यो प्रथम रणनीतिक योजना तर्जुमा गरी यसै अनुसार अगाडि बढ्ने हाम्रो आजको प्रमुख कार्यभार रहेको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.