नेपाल सरकार सहकारी बिभागमा दर्ता भएको "सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्था लि." सहकारी ऐन २०४८ बमोजिम मिति २०४९ साल भाद्र ७ आइतबार (1992 Aug 23 Sunday) गते विधिवत रुपमा सहकारी बिभागमा (दर्ता नं: १४७/०४९/०५०) दर्ता भएर हाल सहकरी ऐन २०७४ बमोजिम कारोबार भएको संस्था हो। संस्थाको स्थापनाको दुई दशक माझ हामीलाई दिनु भएको निरन्तर सहयोग र सदभावको परिणाम स्वरूप २०७१ साल मंसिर देखि संस्थाकै सुबिधा सम्पन्न भवन कोपुण्डोल (ज्वागल) ललितपुरबाट सेवा प्रदान गर्न सफल भएका छौ भने सदस्यहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न (ABBS) तथा सहकारी मोबाइल बैंकिंग सेवा, रेमिट सेवा, आन्तरिक हवाई टिकट सेवा, बिजुली, पानिको बिल भुक्तान सेवा आदि सहित काठमाण्डौको घण्टाघर, स्थित जामे मार्केट बाट मात्र सेवा प्रदान गर्दै आइरहेकोमा २०७६-०५-०१ गते देखि साहसिक महिला साकोस चाबहिल संग एकीकृत गरि सदस्यसेवा केन्द्र स्थापित गरि सेवा प्रदान गर्दै आइरहेका छौ साथै अब ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लुभु ८ मा तथा मध्यपुर थिमी नगरपालिका ४ दक्षिण बाराही मार्ग, भक्तपुरबाट पनि सेवा केन्द्र सुचारु गर्दै आएका छौ | सहकारी मूल्य र मान्यताको अभिवृध्दिमा टेवा पुर्याउने तथा सम्बृद्ध नेपाल को सहयोगमा साथ दिने | "बचत त्याग बाट प्राप्त हुन्छ । " भन्ने (आदर्श बाक्य) मूल नाराका साथ स्थापनाकाल देखि नै सदस्यहरु बीच निरन्तर सेवा प्रदान गर्दै आइरहेका छौ।
Mission
"बचत त्याग बाट प्राप्त हुन्छ " भन्ने (आदर्श बाक्य) मूल नाराका साथ स्थापनाकाल देखि नै सदस्यहरु बीच निरन्तर सेवा प्रदान गर्दै आइरहेका छौ।
Vision
समाजको आर्थिक र सामाजिक बिकास गर्न उत्प्रेरित गर्नु साथै अझै अत्याधुनिक प्रबिधिबाट सदस्यहरुमा छिटो छरितो तरिकाबाट सेवा सुबिधा प्रदान गर्ने ।
To encourage the economic and social development of society and to provide services to members in a faster and more efficient manner using the latest technology.
Goal
बचत गर्ने बानि बसाल्न लगाइ आफुसंग भएको सिप र साधनलाई उपयोग गरि आफु र समाजको आर्थिक र सामाजिक बिकास गर्न उत्प्रेरित गर्नु साथै अझै अत्याधुनिक प्रबिधिबाट सदस्यहरुमा छिटो छरितो तरिकाबाट सेवा सुबिधा प्रदान गर्ने घर दैलोबाट निक्षेप र कर्जा संकलन गर्ने आदि नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ।
The main objective of this organization is to encourage people to develop the habit of saving and to use their skills and resources to achieve economic and social development for themselves and society, as well as to provide services to members in a fast and efficient manner using cutting-edge technology, such as collecting deposits and loans from door to door.
© 2025 Suchanaa. All Rights Reserved.