Directory Home / Directory
Sahas Saving & Credit Co-operative Society Ltd.
Pokhara-5, Kaski, Gandaki
Finance & Insurance
Office Info
Address Pokhara-5, Kaski, Gandaki
Website sahas.coop.np

नेपाल सरकारको उद्धार अर्थनीतिलाई आत्मसात् गर्दै न्यून आय भएका वर्ग, बेरोजगार, कृषक, श्रमिक, व्यापारी वयवसायी एवम् अन्य वर्गको समावेशी सहभागिताबाट स–साना पूँजी एकीकृत गरी आफ्ना सदस्यलाई सेवमुखी एवम् व्यवसायीमुखी बनाई व्यक्ति तथा समाजको उत्थान गर्ने उद्देश्यले यो सहकारी गठन गरिएको हो । ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मान्यतामा रही अन्तर्राष्ट्रिय सहकारी सिद्धान्त, मूल्य मान्यता र आदर्श बमोजिम स्थानीय व्यक्तिहरुको सहभागितामा ३७ जना सदस्यबाट ७ लाख ४० हजार पुँजी रहने गरी मिति २०७८ साल असोज २४ गते साहस बहुउद्देश्यीय सहकारी संस्था लि. को नामबाट कार्यक्षेत्र पोखरा महानगरपालिका २, ५ र १८ रहने गरी पोखरा महानगरपालिका सहकारी शाखा कास्कीमा दर्ता नं. ०५३/२०७८/०७९ बाट विधिवत् रुपमा दर्ता गरिएको हो । संस्था सञ्चालनका क्रममा सदस्य सङ्ख्या वृद्धि गर्नुपर्ने तथा संस्थाको उद्देश्य पनि परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरी २०८० असोज ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कार्यक्षेत्र विस्तार तथा संस्थाको उद्देश्य परिवर्तन गर्ने निर्णय गरी पोखरा महानगरपालिका सहकारी शाखा गण्डकी प्रदेशको मिति २०८० साल मंसिर ४ गतेको निर्णयअनुसार संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिकाभर रहने गरी साथै संस्थाको उद्देश्य परिवर्तन भई साहस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट स्थापित भएको हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.