Sajha Prakasan Home / Directory
Sajha Prakasan
Pulchowk
Printing, Stationery & Office Supplies
Office Info
Address Pulchowk
Website sajha.org.np

गोर्खा भाषा प्रकाशिनी समिति (१९७०) होस् या नेपाली भाषा प्रकाशिनी समिति (१९९०) हुँदा ग्रन्थ प्रकाशन मात्रै होइन, त्यसको नियन्त्रणात्मक कार्य पनि यही संस्थाले गथ्र्यो । लेखक–कवि पनि थोरै थिए । यस संस्थाले धानेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, राष्ट्रकवि माधव घिमिरे हुँदै अनेकानेक कविलेखकका सिर्जना यही संस्थाबाट प्रकाशित भए । पछि २०२१ सालमा प्रकाशनसहितका आर्थिक उत्तराधिकारसमेत लिएर साझा प्रकाशनको स्थापना भयो । यही संस्थाबाट तिनै लेखकका ग्रन्थको पुनः मुद्रण र पुनः प्रकाशन भयो । पुस्तक प्रकाशनमा नयाँ ग्रन्थका साथै नयाँ लेखक पनि थपिए । तैपनि यस संस्थाले आफ्नो दायित्वका रूपमा लेखकका साहित्यिक महत्त्वका दृष्टिकोणले उच्च तर आर्थिक उपलब्धिका हिसाबले सामान्य कृति पनि प्रकाशित गर्दै आएको छ । बीचमा संस्थागत कमजोरीले नयाँ कृति प्रकाशनमा केही शिथिलता आएको थियो । यसमा पनि संस्थाले अहिले सुधारको थालनी गरेको छ ।

साझाले नयाँ ग्रन्थ प्रकाशनका लागि नयाँ लेखकलाई जोड्दै आएको छ । अहिले अनेकानेक प्रकाशनगृह आएका छन् । उनीहरूको एउटा लक्ष्य साझा प्रकाशनबाट प्रकाशित अलि चल्ने आख्यान कृति नैतिक अनैतिक तरीकाले जसरी भए पनि छापेर आफूलाई स्थापित गर्ने भन्ने हुने गरेको छ । साझा प्रकाशनले आफ्नो कर्तव्य र दायित्व भुलेको छैन । यसले दुई हजारभन्दा बढी प्रकाशित कृतिलाई प्राथमिकताका आधारमा पुनः मुद्रण गर्दै आएको छ । नेपाली साहित्यमा सर्वथा अभाव रहेको अवस्थामा महाकवि देवकोटाले दिएका शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम, प्रमिथस महाकाव्य, नेपाली साहित्यमा सर्वाधिक रुचाइएको मुनामदनका साथै उनका अन्य खण्डकाव्य, निबन्धसङ्ग्रह, कथासङ्ग्रहलगायतका ग्रन्थ प्रकाशनको साझाले गरेको छ । देवकोटाजस्तै सबै लेखकलाई साझाले समान अवसर दिएको छ ।

साझा प्रकाशनको कामको प्रकृति र योगदानसमेतका आधारमा साझा प्रकाशन, नेपाल सरकार शिक्षा मन्त्रालयको प्रत्यक्ष अनुगमन र निर्देशनसमेतका आधारमा सञ्चालित हुँदै आएकोमा मिति २०६९÷२÷५ मा जारी भएको नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०६९ को नियम १८ (१८) समेतले साझा प्रकाशनलाई नेपाल सरकार शिक्षा मन्त्रालयको कार्यक्षेत्रभित्र समावेश गरेको थियो । सोहीबमोजिम साझा प्रकाशनले नेपाल सरकार शिक्षा मन्त्रालयको मातहतमा रही कार्य सञ्चालन गर्दै आएकोमा सहकारी ऐन, २०७४ को दफा १३५ मा साझा प्रकाशन सञ्चालनको विशेष व्यवस्था गर्ने उल्लेख भएको र सहकारी नियमावली, २०७५ को नियम ७७ मा सरकारले संस्था सञ्चालनको व्यवस्था गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मातहतमा रही सोही मन्त्रालयको निर्देशनमा हाल सञ्चालन हुँदै आएको छ । 

भाषा साहित्यको पुस्तक प्रकाशनको अलावा विद्यालयका पाठ्यपुस्तकहरु समेतको प्रकाशन गर्दे आइरहेको साझा प्रकाशन वि.स. २०२८ मा राष्ट्रिय शिक्षा पद्धति योजनाको कार्यान्वयन सँगै जनकशिक्षा समाग्री केन्द्रबाट विद्यालयको पाठ्यपुस्तक उत्पादन हुन थालेपछि साहित्यिक प्रकाशनमा मात्र सिमित रहदै विद्यालयको पाठ्यपुस्तकको विक्रि वितरणमा संलग्न रहदै आएको छ । साझा प्रकाशनको पाठ्यपुस्तक विक्रिको निम्ति देशभर १९०० भन्दा बढि विक्रेताहरुको सञ्जाल रहेको छ । भाषा साहित्यको को संरक्षण, संवर्धन र विकास गर्दै नेपाली बाङ्‌मयको सम्वर्द्धन गर्ने लक्ष्य लिएको साझा प्रकाशनका निश्चित उद्देश्यका साथ सञ्चालनमा रहेको छ ।

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.