Directory Home / Directory
Sajilo Saving & Credit Co-operative Ltd.
Bharatpur-23, Krishnachok, Chitwan
Finance & Insurance
Office Info
Address Bharatpur-23, Krishnachok, Chitwan
PAN No. 600877509
Regd. No. 1031/068/069

एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन हो भने प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको छ । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ भनी यसको वारेमा विभिन्न विद्वानहरुले आ–आफ्नो धारणहरु व्यक्त गरेका छन् । हेनरि काल्भर्टका अनुसार, ‘सहकारी संगठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’

 

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले सहकारीको परिभाषा यसरी दिएको छ–‘सहकारी सामान्यतः सीमित साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यावसायिक संगठनको माध्यमद्धारा आवश्यक पूँजी लगाएर र व्यबसायको जोखिम तथा लाभको उचित हिस्सा स्वीकार गरेर साझा आर्थिक साध्य प्राप्त गर्न भेला हुन्छन् ।’

 

नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगढ, कम पूँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमीहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्पारिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्बन्धी व्यबस्था गर्न वाञ्छनीय भएकोले  ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरुबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्धारा आर्थिक तथा सामाजिक उथ्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

 

सजिलो साकोसको परिचयः

स्थानिय स्तरमा छरिएर रहेका पूँजी लाई संकलन गर्ने गरी साबिक जगतपुर र पार्वतीपुरको संगम स्थल कृष्णचोकको आसपासमा कुनै सहकारी रहेका थिएन्न । त्यस समयमा गाँउ घर मानिसहरुको बचत गर्ने बानिको विकास गर्न  करिव ३३ जना व्यक्तिहरु मिलि २०६६ सालमा श्री मिन बहादुर परीयारको अध्यक्षयतामा जनएकता बचत कोष गठन भयो । त्यस समयमा मासिक रु १०००। नियमित रुपमा महिनाको १५ गते जम्मा गर्ने र सो रकमलाई समुहका सदस्यहरु बिच ऋण लगानि गर्ने कार्यको थालनि भयो । यो हित कोष लाई सहकारीमा रुपान्तरण गर्न राम्रो हुने महशुस गर्दै २०६८ सालमा कृष्णचोकमा भेलाको आयोजना गरी जुझारु युवा एंव शौक्षिक व्यक्तित्व श्री तोयनाथ पौडेल ज्यूको नेतृत्वमा तदर्थ समिति गठन भै त्यस बेला समुहका ३३ जना र बाहिरका १२ जना व्यक्तिहरु मिलि ४५ जना बाट तत्कालिन डिभिजन सहकारी कार्यालय भरतपुरमा २०६९ आषाढ ११ गते विधिवत रुपमा सजिलो बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण भै दर्ता भयो ।

 


 

Vision

वित्तिय रुपमा सुरक्षित गुणस्तरीय सेवा प्रदायक व्यवसायिक सहकारी संस्था

 


 

 
Mission

सम्पूर्ण शेयर सदस्यहरुको समृद्ध जीवनका लागि सहकारीका मुल्य मान्यता र सिद्धान्त अनुरुप सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने संस्था ।

Branches

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.